default_image

2 years ago

July 21, 2022

एन्फा कार्यसमितिको बैठक सुरु

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक सुरु भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ७ः०० बजे बैठक सुरु हुने भनिएपनि झण्डै २ घण्टा पछि मात्र बैठक सुरु भएको हो ।

साउन २ गतेका लागि तय बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ्य भएपछि स्थागित गरिएको थियो । कार्यसमिति बैठकका लागि विविधसहित १८ वटा एण्जेडामा छलफल हुँदैछन् । त्यसमा सबैभन्दा चासोको साथ एन्फा सहायक महासचिव र प्रवक्ताको नियुक्तीलाई लिएर हेरिएको छ ।

विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । ३ सहायक महासचिवका लागि ५ जना आकांक्षी देखिएपछि त्यसको निर्णय दोस्रो बैठकमा नहुने सम्भावना पनि बढेर गएको छ ।

सहायक महासचिवकै विषयमा छलफल गर्न साउन १ गते निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्षबाट निर्वाचित बाहेक १२ जनाको अनौपचारिक बैठक बसेको खुलेको छ । गौरव थापालाई सिइओमा प्रस्ताव गर्नका लागि नियमावली बाधक देखिएपछि विकल्पमा उनलाई सहायक महासचिव बनाउनका लागि एन्फा अध्यक्ष नेम्बाङमाथि दबाब बढेको छ ।


फिफाबाट १० वर्षको प्रतिबन्धमा रहेका गणेश थापाको समर्थकका रुपमा परिचित एन्फामा निर्विचित पदाधिकारी र सदस्यले थापाका छोरा गौरवलाई जसरी पनि सहायक महासचिवमा नियुक्त गराउन दबाब सृजना गरेको एन्फा पदाधिकारी नै स्वीकार गर्छन् ।
एन्फाले विविधसहित १२ वटा एजेण्डा तय गरेको थियो । त्यसमा उपाध्यक्ष केसी ५ र दीपक खतिवडाले एउटा एजेण्डा थप गर्न माग गरेपछि १८ एजेण्डा प्रस्तुत हुँदैछन् । २१ सदस्यीय एन्फा कार्यसमितिले पूर्णता पाइसकेको छैन । असार ६ गते भएको निर्वाचनबाट ६ पदाधिकारीसहित १९ जना निर्वाचित गरेको थियो । १३ खुला सदस्यका लागि भएको निर्वाचनमा ११ जनाले निर्वाचत भएका थिए । त्यसमध्ये २ जनाका लागि ४ जनाको मत बराबरी भएपछि विशेष साधारण सभाबाट निर्वाचित गर्ने गरि स्थगित गरिएको थियो ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.