default_image

2 years ago

July 21, 2022

पाँडेको नियुक्ति बर्खास्त गर्न माग

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगर्दै पुन: स्थगित भएको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष पंकज विक्रम नेम्बाङले बैठक स्थगित भएको जानकारी गराएको उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले बताए ।

‘हामीले उपस्थितिमा सहि गर्यौं । वरिष्ठ उपाध्यक्षलगायतका साथीहरुले उपस्थितिमा सहि गर्नुभएन । यसै छलफल अघि बढाउन खोजिएको थियो,’ उनले भने,‘उपस्थितिमा सहि नगरि बैठक अघि बढ्न सक्दैन भन्ने भयो । उहाँहरु मान्नुभएन त्यसपछि अध्यक्ष ज्यूले बैठक स्थगित गनुभयाो ।’

बैठक स्थगित भएपछि कार्यसमिति बैठकले नियुक्त गरिएका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडे लाई बर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गरेका छन् । उक्त निवेदनमा सदस्यहरु महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, पुरुषोत्तम थापा, भोजराज शाही, रविन्द्र चन्द, अनिल मल्ल, सरिला श्रेष्ठ, टीका लामा र भरत बुढथापाको पनि हस्ताक्षर छ । उनीहरुले संघको विधान विपरित नियुक्ति भएको बताएका छन् ।

खड्का र शाही दुवै अध्यक्ष नेम्बाङकै प्यानलबाट चुनाव उठेका थिए । दुवै जना पूर्व अध्यक्ष गणेश थापानिकट मानिन्छन् । चुनावअघि थापा र नेम्बाङ समूहको राम्रो सम्बन्ध रहेपनि पहिलो बैठकको निर्णयपछि दुई समूहबीच फाटो आएको छ । त्यसैले अहिले एन्फा कार्यसमितिमा तीन समूह बनेको छ ।

यसअघि बैठक सोमबार बस्ने भनेपनि अध्यक्ष नेम्बाङको स्वास्थ्य स्थितिका कारण स्थगित भएको थियो । आज बस्ने बैठकले १८ एजेन्डामा छलफल गर्ने कार्यक्रम थियो । बैठक स्थगित भएसँगै एनएसएल, साफ च्याम्पियनसिप, महिला लिग लगायत मैदान भित्र र मैदान बाहिरका गतिविधि थप अन्यौलमा परेका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.