default_image

2 years ago

July 21, 2022

आयुषले यू-२० टोलीको कप्तानी गर्ने

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन् ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीमा परिवर्तन गर्दै फरवार्ड रोहित सुब्बालाई अन्तिम टोलीमा समावेश गरेको छ । यसअघि साफका लागि घोषणा भएको २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएर खेल्न नसक्ने भएपछि उनको स्थानमा रोहितलाई समावेश गरेको एन्फाले जनाएको छ । रोहित टोलीसँग भारत जानेछन् ।

रोहित ३० सदस्यीय टोलीमा रहँदा अन्तिम टोलीमा पर्न सकेका थिएनन् । दिपेशले मैत्रीपूर्ण खेल दौरान विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेका थिए । उनको दायाँ खुट्टाको एंकल फ्याक्चर भएको छ । चोट बोकेलगत्तै उनको सातदोबाटोमा रहेको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहनेछ । उनले बहराइनमा आयोजना हुने एएफसी यु–२० पनि गुमाउने छन् ।

भारतमा हुने साफ यू–२० को कप्तानी सिनियर टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर आयुष घलानले सम्हाल्नेछन् ।साफका लागि नेपाली टोली शुक्रबार भारतको भुवनेश्वर प्रस्थान गर्नेछन् । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने छ । च्याम्पियनसिपको सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।

नेपाली टोली

गोलरक्षक – ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख

डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा

मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्ड – रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

मुख्य प्रशिक्षक – मेघराज केसी

सहायक प्रशिक्षक – बालगोपाल साहुखल

गोलकिपिङ प्रशिक्षक – उज्वल मानन्धर

टिम व्यवस्थापक – दिवाकर घले

फिजियो – लोकेन्द्र कुँवर

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.