default_image

2 years ago

July 21, 2022

रोनाल्डोलाई रियल म्याड्रिड फर्कन बाटो छैन

146 views

0 Bookmark

एजेन्सी – युरोपेली क्लबहरु नयाँ सिजनको सुरुवातअघि प्रि-सिजनको अभ्यास क्याम्प तथा मैत्रीपूर्ण खेलमा व्यस्त छन् । तर म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने अझै क्लबमा फर्केका छैनन् ।

विश्व फुटबलका शीर्ष खेलाडी मध्यका रोनाल्डोको भविष्यलाई लिएर विभिन्न टिका टिप्पणी हुँदै आएको छ । रोनाल्डो आफैं युनाइटेडको अष्ट्रेलिया भ्रमणमा सामेल नभएर अन्यत्र क्लब खोजिरहेका छन् । क्लबले भने रोनाल्डो व्यक्तिगत कारणले बिदामा रहेको बताएको छ । तर रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस लगायत प्रतिनिधि विगत केही सातायता उनको लागि अन्य विकल्प खोजिरहेका छन् ।

रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो अर्को सिजन पनि युरोपको यस शीर्ष प्रतियोगिता खेल्न चाहन्छन् । तर उनको क्लब युरोपा लिगमा छ । त्यसैले रोनाल्डोले गत सिजन सकिएलगत्तै आफ्नो लागि अन्य विकल्प खोज्न आफ्नो टिमलाई भनेका थिए ।

ट्रान्सफर विन्डो सुरुवातसँगै चेल्सीले रोनाल्डो अनुबन्ध गर्ने इच्छा देखाएको थियो । क्लबका नयाँ मालिक रोनाल्डोलाई आफ्नो आगमनको मानक बनाउन चाहन्थे । क्लब र रोनाल्डोको प्रतिनिधिबीच छलफल पनि भयो । तर अन्त्यमा प्रशिक्षक थोमस टुचेलले रोनाल्डो आफ्नो योजनामा अटाउन नसक्ने बताएपछि चेल्सी पछि हट्यो ।

बायर्नको हकमा पनि कथा त्यस्तै रहयो । एजेन्ट मेन्डेसले बायर्नसँग छलफल गरेका थिए । तर बायर्नको बोर्डले रोनाल्डो अनुबन्ध गर्नु क्लबको पद्दति अनुसार नहुने भन्दै पछि हटेको थियो । रोनाल्डो अनुबन्ध गर्नका लागि युरोपको अन्य क्लबलाई आर्थिक हिसाबमा पनि सहज छैन ।

यस साता रोनाल्डो अनुबन्ध गर्न नसक्ने सुचिमा उनको पूर्व क्लब रियल म्याड्रिड पनि थपिएको छ । स्पेनका केही मिडिले बुधबार मात्र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोबीच क्लब फर्कनेबारे छलफल भएको बताए । तर रियलको निकट मानिने मार्साले यसको खण्डन गरेको छ ।

मार्साका अनुसार रियल म्याड्रिडले आफ्नो योजना प्रष्ट पारेको छ । क्लबले हाललाई खेलाडी विक्री गर्नु मुख्य लक्ष्य बनाएको छ । क्लबलाई त्यसपछि आवश्यक परे खेलाडी खरिद गर्न सक्छ, तर रोनाल्डो त्यो सुचिमा नरहने बुझिएको छ । रोनाल्डो रियल म्याड्रिड फर्कने कुनै बाटो छैन ।

त्यसो त रोनाल्डो आफैंले सामाजिक संजाल इन्स्टाग्राम मार्फत आफू पूर्व क्लब स्पोर्टिङ लिस्बोन नजाने प्रष्ट पारेका थिए । पोर्चुगलको एक संचारमाध्यमले राखेको पोस्टमा उनले आफैं झुटो खबर रहेको टिप्पणी गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले रोनाल्डो आफ्नो योजनामा रहने बताउँदै आएका छन् । तर हालसम्म पनि प्रशिक्षणमा सहभागी नभएका रोनाल्डो कहिले टोलीमा जान्छन्, त्यो अनिश्चित छ । रोनाल्डोविना टोलीले भने राम्रो सुरुवात गरेको छ । अष्ट्रेलिया टुरमा तीन खेल जितेको युनाइटेडका लागि फरवार्ड एन्थोनी मार्सियलले ४ गोल गरेका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.