default_image

2 years ago

July 22, 2022

नुनेजको चार गोलमा लिभरपुलको सानदार जित

125 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाबाट आएका फरवार्ड डार्विन नुनेजको ह्याट्रिकसहित चार गोलमा इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ ।

लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । रेडबुल एरिना लाइप्जिगमा बिहीबार राति भएको एक पक्षीय खेलमा एक गोल मोहम्मद सलाहको नाममा रह्यो ।

यसै समरमा पोर्चुगिज क्लब बेन्फिकाबाट लिभरपुल आएका उरुग्वेली फरवार्ड नुनेजले दोस्रो हाफमा चार गोल गर्न सफल भएका थिए । एकपक्षीय बनेको खेलको आठौं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।

त्यसपछिको सबै चार गोल दोस्रो हाफमा नुनेजको नाममा रह्यो । ४८औं मिनेटमा नुनेजले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

६८औं मिनेटमा नुनेजले ह्याट्रिक पुरा गर्दा लिभरपुल खेलमा ४–० ले अघि बढ्यो । ९०औं मिनेटमा नुनेजले व्यक्तिगत तेस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

प्रि–सिजनमा लिभरपुलको तेस्रो खेलमा यो दोस्रो जित हो । म्यानचेस्टर युनाइटेडसँग ४–० ले पराजित लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.