default_image

2 years ago

July 24, 2022

केनको दुई गोलमा टोटेनहमको पूनरागमन जित

107 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा इंग्लिस क्लब टोटेनहम हटस्परले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ ।

टोटेनहमले स्कटिस क्लब रेन्जर्समाथि २–१ को पूनरागमन जित निकालेको हो । रेन्जर्सका एन्टोनियो मिर्काे कोलाकको गोल सान्त्वना बन्यो ।

आइब्रक्स स्टेडियम ग्लास्गोमा शनिबार राति भएको खेलको २४औं मिनेटमा एन्टोनियो मिर्काे कोलाकको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता सलन सफल भएको थियो ।

तर दोस्रो हाफमा इंग्लिस फरवार्ड केनले ६ मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएपछि टोटेनहमले पूनरागमन जित निकाल्न सफल भयो । ५०औं मिनेटमा पहिलो गोल गरेका केनले ५६औं मिनेटमा अर्काे गोल थप्दै टोलीको पूनरागमन जित पक्का ग¥यो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.