default_image

2 years ago

July 24, 2022

हालान्डको गोलमा बायर्नको हार

78 views

0 Bookmark

एजेन्सी – यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी पुगेका नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको गोल मद्दतमा सिटीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

सिटीले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा हालान्डले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १२औं मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए । हालान्डले सिटीको लागि डेब्यु खेलमै गोल गर्न सफल भएका थिए ।

अमेरिकामा आइतबार बिहान भएको खेल हालान्डको गोल लगत्तै भारी वर्षाका कारण झन्डै ४० मिनेट स्थगित भएको थियो ।त्यसपछि रोकिएकै स्थितिबाट खेल सुचारु हुँदा खेललाई छोट्याइएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

प्रि–सिजनमा सिटीको यो लगातार दोस्रो जित हो । यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि २–१ को निकालेको थियो । बायर्नको यो पहिलो हार हो । यसअघि बायर्नले पहिलो खेलमा डिसी युनाइटेडलाई ६–२ ले पराजित गरेको थियो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.