default_image

2 years ago

July 24, 2022

बेलको गोलमा लस एन्जलसको जित

93 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट फरवार्ड ग्यारेथ बेलको गोल सहयोगमा लस एन्जलस फुटबल क्लब (एलएएफसी) ले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सहज जित दर्ता गरेको हो ।

शीर्षस्थानमा रहेको लस एन्जलसले स्पोर्टिङ कान्सास सिटीलाई २–० ले पराजित गरेको हो । लस एन्जलसको जितमा बेलसँगै क्रिष्टियन एरानगोले गोल गरे ।

चिल्ड्रेन्स मर्सी पार्क कान्सास सिटीमा आइतबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा लस एन्जलसले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो ।

५६औं मिनेटमा क्रिष्टियनले क्वाडवो ओपोकुको पासमा गोल गर्दै लस एन्जलसलाई १–० को अग्रा दिलाए । ८२औं मिनेटमा सब्सिच्युट फरवार्ड बेलले गोल गर्दै लस एन्जलसको जित पक्का गरे । ६५औं मिनेटमा क्वाडवो ओपोकुको स्थानमा मैदान छिरेका बेलले क्रिष्टियनको पासमा गोल गर्न सफल भएका थिए । एमएलएसमा उनको यो पहिलो गोल हो ।

यो जितसँगै शीर्षस्थानमा रहेको लस एन्जलसको २१ खेलबाट ४५ अंक पुगेको छ । लस एन्जलसले दोस्रो स्थानको अस्टिन एफसीलाई ४ अंकले पछि पारेको छ । पराजित स्पोर्टिङ कान्सास सिटी २३ खेलबाट २० अंक जोडेर पुछारमा रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.