default_image

2 years ago

July 25, 2022

नेपालले माल्दिभ्ससँग खेल्दै

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज (सोमबार) माल्दिभ्सको सामना गर्दैछ ।

खेल भारतको भुवनेश्वरस्थित कालिंगा खेल मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजेपछि हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद् सुरुआत गर्ने योजनामा मैदान उत्रनेछ ।

सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका कप्तान आयुष घलानले च्याम्पियनसिपका लागि टोली तयार रहेको र माल्दिभ्सविरुद्ध ३ अंक जोड्न प्रयास गर्ने बताएका छन् । यस्तै नेपाली टोलीमा मुख्य प्रशिक्षक मेघराज केसीले टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेर समूहका प्रतियोगिता खासै भएको छैन,’ प्रशिक्षक केसीले भने,‘अन्य टोलीमा पनि स्वभाविक रुपमा परिवर्तन भएको होला । त्यसकारण प्रतिद्धन्दीका विषयमा खासै जानकारी छैन । तर हामी यहाँ जित्न आएका हौं ।’

झण्डै डेढ महिनायता युवा टोलीले च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । कोरोना महामारीका कारण पछिल्लो २ वर्ष देखी उमेर समुहको प्रतियोगिता हुन नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक खेलाडीको खुला छनोट गरेको थियो ।

माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको खेल्न कठिन हुने अनुमान गरे । यद्दपि टोलीका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे ।

यसअघि यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियसिप यसपालीदेखि यू–२० को नामबाट हुँदैछ । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

साउन ११ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्र्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

नेपाली यू २० टोली

गोलकिपर – ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख

रक्षक – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा

मिडफिल्डर – दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोशन खड्गी

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.