default_image

2 years ago

July 25, 2022

दीपेशको गोलमा नेपाललाई अग्रता

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा दीपेश गुरुङको गोलमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

भारतको भुवनेश्वरमा जारी खेलमा पहिलो हाफको अन्त्यतिर गोल गर्दै अभिषेकले गोल गरेका हुन् । ४२ औं मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दीपेशले गोल गरेका थिए । कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा आएको बलमा झण्डै २५ यार्डबाट दीपेशले गोल गरेका थिए ।

लगत्तै नेपालले गोलअन्तर दोब्बर गर्ने मौका पाएको थियो । तर, माल्दिभ्सका रक्षकहरुले सफल हुन दिएनन् । त्यसअघि ३१ औं मिनेटमा सुगम सुवालले गोलका लागि गरेको प्रयास सफल हुन सकेन । उनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।
सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुषको कप्तानीमा नेपाली टोलीले यू २० मा चुनौती प्रस्तुत गरेको छ ।
यसअघि यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियसिप यसपालीदेखि यू–२० को नामबाट हुँदैछ । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

साउन ११ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्र्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.