2 years ago
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूहमा भारतसँगै भुटान पनि रहेको छ । समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० […]
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूह ‘बी’ मा परेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूहमा भारतसँगै भुटान पनि रहेको छ ।
समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० गतेदेखि २९ गतेसम्म श्रीलंकामा आयोजना हुँदैछ ।
च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंगलबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुल्ला छनोटमार्फत खेलाडी छनोट गरेको छ ।
टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजनको थ्री स्टार क्लबका प्रशिक्षकसमेत रहेको उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
April 28, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]
April 28, 2024
हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]
April 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]