default_image

2 years ago

August 21, 2022

ओडेगार्डको दुई गोलमा आर्सनलको जित

एजेन्सी – कप्तान मार्टिन ओडेगार्डको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ । आर्सनलले घरेलु टोली बर्नमाउथमाथि ३–० को सहज जित हात पारेको हो । एक गोल विलियम सालिवाको नाममा रह्यो ।भिटालिटी स्टेडियम डोरसेटमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा कप्तान ओडेगार्डको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिन सफल […]

126 views

0 Bookmark

एजेन्सी – कप्तान मार्टिन ओडेगार्डको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।

आर्सनलले घरेलु टोली बर्नमाउथमाथि ३–० को सहज जित हात पारेको हो । एक गोल विलियम सालिवाको नाममा रह्यो ।भिटालिटी स्टेडियम डोरसेटमा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा कप्तान ओडेगार्डको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिन सफल भयो ।

गाब्रियल जेससले तीन डिफेन्डरलाई बिट गर्दै दिएको पासमा गाब्रियल मार्टिनेलीको प्रहार गोलरक्षक मार्क ट्राभर्सले बचाएपनि रिवाउन्डमा ओडेगार्डले गोल गर्न सफल भएका हुन् ।

११औं मिनेटमा ओडेगार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । बेन ह्वाइटको क्रसलाई जेससले नियन्त्रणमा लिदै प्रहार गर्न लाग्दा ओडेगार्डले गोल गर्न सफल भएका थिए ।

५४औं मिनेटमा विलियम सालिवाले गोल गर्दै आर्सनलाई ३–० ले अघि बढाए । उनले ग्रानिट झाँकाको पासमा सुन्दर फिनिस गरेका थिए । ७२औं मिनेटमा जेससले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

ल्गातार तेस्रो जितसँगै आर्सनल ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बर्नमाउथ ३ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
अन्य नतिजा
टोटेनहम
विरुद्ध वल्भ्स (–०), क्रिस्टल प्यालेसविरुद्ध एस्टन भिल्ला (–१), एभर्टनविरुद्ध नटिङहम फरेस्ट (१–१), फुलहमविरुद्ध ब्रेन्टफर्ड (–२), लेस्टरविरुद्ध साउथह्याम्टन (१–)

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.