3 years ago
August 21, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको खेल ३-३ को बराबरीमा सकिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि जित दर्ता गर्न सकेनन् ।

सिटीका लागि इल्काए गुन्डोगन, एर्लिङ हालान्ड र बर्नार्डो सिल्भाले गोल गर्दा न्युकासलका क्यालम विल्सन, मिगुएल आल्मिरोन र काइरन ट्रीपिएरले १-१ गोल गरे । खेलको पाँचौ मिनेटमा नै सिटीले अग्रता लिएको थियो । सिल्भाको पासमा गुन्डोगनले पेनाल्टी क्षेत्रभित्र बललाई सहजै नियन्त्रणमा लिँदै गोल गरे ।
२८ औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । एलन सेन्ट म्याक्सिमिनको क्रसमा आल्मिरोनले गोल गरे । सेन्ट म्याक्सिमिनको क्रसलाई उनले अफसाइड ट्रयाप बिट गर्दै ६ यार्ड बक्स भित्रबाट तिघ्राको सहयोगले गोल गरेका थिए । पहिलो हाफको ६ मिनेट समय बाँकी हुँदा न्युकासलले अग्रता लियो । सेन्ट म्याक्सिमिनको पासमा विल्सनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
दोस्रो हाफको सुरुवातमा न्युकासलले अग्रता दोब्बर पार्यो । ट्रीपिएरले २० यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । त्यसअघि हालान्डको प्रहार पोस्टमा लाग्दा सिटी बराबरी गर्न चुकेको थियो । तर ४ मिनेटको अन्तरमा दुई गोल गर्दै सिटी खेलमा फर्कियो ।

६० औं मिनेटमा हालान्डले गोल गरे । पेनाल्टी क्षेत्र भित्र बल क्लियर हुन नसक्दा रोड्रीले दिएको बललाई हालान्डले ६ यार्ड बक्स भित्रबाट गोल गरे । ६४ औं मिनेटमा सिल्भाले बराबरी गोल गरे । केभिन डे ब्रुएनको चलाखीपूर्ण पासलाई सिल्भाले नियन्त्रणमा लिँदै सुन्दर फिनिस गरे ।
यस बराबरीसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । टोलीले ३ खेलमा ७ अंक जोडेको छ । न्युकासल ३ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ ।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]