3 years ago
August 29, 2022
एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।

रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली स्पान्योलमाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा भिनिले एक गोल गरे । स्पान्योलका जोसेलुले एक गोल फर्काए ।
आरसीडिइ स्टेडियममा आइतबार राति भएको खेलमा रियलले खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राख्दै १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । उनले औरेलिएन चुआमेनीको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा जोसेलुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा पनि रियलले स्पान्योललाई लगातार दवावमा राखेपनि गोलको लागि अन्तिम समय नै कुर्नुपरेको थियो ।बराबरीतर्फ धकेलिएको खेलको ८८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोली स्पान्योल १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल सेवालोसलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै गोलरक्षक बेन्जामिन लिकोम्टेलाई सिधै रातो कार्ड दिँदै मैदान बाहिर पठाएको थियो । त्यसमै प्राप्त फ्रिकिकमा बेन्जेमाले सिधै गोल गर्दै रियललाई लगातार तेस्रो जित दिलाए ।
लगातार तेस्रो जितसँगै रियल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि रियल बेटिस गोलअन्तरमा दोस्रो स्थानमा छ । पराजित स्पान्योल १ अंक जोडेर १६औं स्थानमा छ ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]