default_image

3 years ago

August 29, 2022

बार्सिलोनाको सानदार जित

221 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो ।

बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थियो ।

क्याम्प नोउमा आइतबार राति भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले गोलको खाता खोलेको थियो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो खेलमा दोस्रो जित हो । बार्सिलोना पहिलो खेलमा रायो भालेकानोसँग बराबरीमा रोकिएको थियो । लगातार दोस्रो जितसँगै बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भालाडोलिड १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

Success

Thank you for your time.