3 years ago
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ ।
पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्यद्वय मनीष जोशी र सरिला श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । टोली विहान २ः४५ बजे विमानस्थल आइपुगेको थियो । भुटान टोली भने बिहीबार काठमाडौं आइपुगेको थियो । भारतमाथिको निलम्बन फिफाले गत साता फिर्ता गरेसँग अब साफ च्यामिपनयसिपमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता हुने निश्चित भइसकेको छ ।
दशरथ रंगशालामा हुने च्याम्पियनसिपमाको समूह बीमा नेपाल, भुटान र श्रीलंका छन् । अर्को समूहमा भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । साफ च्याम्पियनसिप भदौ २१ गते देखि असोज ३ गते सम्म सञ्चालन हुने तय छ । पछिल्लो पटक विराटनगरमा साफ च्याम्पिनसिप आयोजना भएको थियो । त्यसमा नेपाललाई हराउँदै भारत च्याम्पियन बनेको थियो । साफ च्याम्पियनसिपका लागि नेपाली टोली अन्तिम तयारीमा जुटेको छ । २३ सदस्यीय नेपाली टोलीाको घोषणा भइसकेको छ ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]