3 years ago
August 30, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्लबको कीर्तिमानी मुल्यमा ब्राजिली युवा स्टार विंगर एन्टोनीलाई अनुबन्धित गर्न सफल भएको छ ।

युनाइटेडले डच क्लब आयाक्सबाट २२ वर्षीय एन्टोनीलाई ९५ मिलियन युरोमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी युनाइटेडको सबैभन्दा महँगो तथा प्रिमियर लिगको चौथो महँगो खेलाडी बनेका छन् ।
यसअघि युनाइटेडले फ्रान्सेली मिडफिल्ड पउल पोग्वाका लागि ८९ मिलियन युरो खर्चिएको थियो । त्यसपछि युनाइटेडले डिफेन्डर ह्यारी मगाएरको लागि ८० मिलियन युरो तिरेको थियो ।
यसअघि प्रिमिर लिगमा युनाइटेडले सन् २०१६ मा पोग्वाका लागि ८९ मिलियन युरो खर्चेको थियो । त्यसपछि गत समरमा चेल्सीले रोमेलु लुकाकुका लागि ९७.५ मिलियन पाउन्ड, सन् २०२१ म म्यानचेस्टर सिटीले ज्याक ग्रेलिसलाई १ सय मिलियन पाउन्ड खर्चिएको थियो ।
एन्टोनी यो समरमा युनाइटेडमा अनुबन्ध हुने पाँचौ खेलाडी बनेका छन् । यसअघि युनाइटेडले लिसान्द्रो मार्टिनेज, क्यासमिरो, टाएरेल मलासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ । यि खेलाडीको लागि युनाइटेडले २१० मिलियन पाउन्ड खर्च गरिसकेको छ । पोग्वा, नेमान्जा माटिच, एडिन्सन काभानी र परेरालगायतका खेलाडीले क्लब छाडिसकेका छन् ।
२२ वर्षीय एन्टोनीले आयाक्सका लागि ८२ खेलमा २४ गोल र २२ असिस्ट दिएका थिए । एन्टोनी २०२० मा ब्राजिली क्लब साओ पाउलोबाट डच च्याम्पियन आयाक्समा अनुबन्धित भएका थिए । म्यानचेस्टर युनाइटेडका हालका प्रशिक्षक एरिक टेन ह्यागको प्रशिक्षणमा उनले आयाक्समा दुई सिजन बिताएका थिए । प्रशिक्षक टेन ह्याग युनाइटेड आएपछि उनले पनि युनाइटेड नै रोजेको बुझिएको छ ।
आयाक्सको लागि आफ्नो ११ च्याम्पियन्स लिग खेलमा ७ गोल गर्दै एन्टोनीले सनसनी मच्चाएका थिए । २०२१ को अक्टोवरमा ब्राजिलको लागि डेब्युर गरेका एन्टोनीले ९ क्याप जित्दै दुई अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।
युनाइटेडले बिहीबार प्रिमियर लिगमा लेस्टर सिटीको सामना गर्दा उनले उक्त खेल खेल्ने सम्भावना रहेको छ । तर कागजी र मेडिकल प्रक्रिया भने पुरा गर्नुपर्ने हुन्छ ।
खेलाडी स्थानान्तरणको समय सकिनै लाग्दा युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबमा रहने या नरहने अनुमानका बीच युनाइटेडले युवा खेलाडी टोलीमा आबद्ध गरेको हो ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]