default_image

2 years ago

September 1, 2022

रियलमा जम्दै भिनिसियस

179 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका भिनिसियसले इस्पानयोलविरुद्ध सिजनको व्यक्तिगत दोस्रो गोल गरेका थिए । सन् २०२२-२३ को सिजनमा भिनिसियस लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका थिए । उनले पहिलो गोल सेल्टा भिगोविरुद्ध गरेका थिए ।

अघिल्लो सिजन उच्च प्रदर्शन गरेका उनी अझै शसक्त रुपमा प्रदर्शन गर्न उत्साहित छन् । उनले २०२१-२२ को सिजनमा २२ गोल गरेका थिए । त्यो सिजनबाट उनको खेल जीवनले नयाँ मोड लिएको विश्वास गरिन्छ । यद्दपी त्यसअघिको सिजनमा उनको प्रदर्शन सन्तोषजनक थिएन । ब्राजिलियनले ०१८/१९ सिजनमा ३, ०१९/२० मा ५ र २०/२१ मा ६ गोल गरेका थिए ।

अघिल्लो सिजन भने उनको प्रदर्शन सनसनीपूर्ण रह्यो । जसका कारण उनी २० गोल पार गर्न सफल भए । उनकै गोलमा रियल म्याड्रिडले लिभरपुललाई १–० ले हराउँदै कीर्तिमान १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

रियलमा २१ वर्षको उमेरमा भिनिसियले ग्यारेथ बेलको उपलब्धिलाई पछ्याएका छन् । बेलले सन् २०१३/१४ को सिजनमा २२ गोल गरेका थिए । गत सिजन भिनिसियस टोलीको सर्वाधिक गोल गर्नेको दोस्रो न्मबरमा थिए । उनी भन्दा अघि केरिम बेन्जेमा रहेका छन् । भिनिसियले २२ गोल गर्नुका साथै १३ एसिस्ट गरेका थिए ।

निरन्तर गोल

अघिल्लो सिजनको प्रदर्शनलाई निरन्तरता मात्र होइन त्यो भन्दा बढी सफलताका लागि भिनिसियल प्रतिवद्ध देखिएका छन् । उनले यो सिजन ३० गोलको लक्ष्य राखेको रहेको बताइएको छ । सिजनको सुरुवातका खेलमा जसरी उनले प्रदर्शन गरिरहेका छन् त्यसबाट आशावादी हुने ठाँउ देखिन्छ । यद्दपी उनको लक्ष्य गोल गर्नु मात्र भने हुने छैन ।

टोलीका जितका लागि हर सम्भव प्रयास गर्ने उनको लक्ष्य हुनेछ । लगातार खेल्नु उनको अर्को उपलब्धी हो । गत सिजन रियलले खेलेका ५६ मध्ये भिनिसियसले ५२ खेल खेलेका थिए । त्यो भनेको ९३ प्रतिशत हुन्छ । २०१९ को मार्चयता विना चोट खेलिरहेका छन् ।

सम्झौता नविकरण

रियलमा उनको सम्झौता नविकरण स्वभाविक छ । क्लब र उनका विषयमा यो विषयमा छलफल पनि भइरहेको बताइएको छ । रियल उनीसँग सन् २०२८ सम्मको सम्झौता गर्न चाहिरहेको बताइएको छ । यद्दपी उनले भने २०२६ वा २०२७ सम्मका लागि सम्झौता गर्ने पक्षमा छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.