default_image

2 years ago

September 1, 2022

एन्टोनी म्यानचेस्टरमा सार्वजनिक

111 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिली विंगर एन्टोनीलाई क्लबमा सार्वजनिक गरेको छ । युनाइटेडले बिहीबार उनलाई ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो ।

२२ वर्षीय एन्टोनीलाई युनाइटेडले क्लबको दोस्रो सबैभन्दा बढी मुल्य खर्चिएर आबद्ध गर्न सफल भएको थियो । युनाइटेडले एन्टोनीलाई डच क्लब आयाक्सबाट ८५.५ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको छ । उनको सम्झौता सन् २०२७ सम्म रहेको छ । थप एक वर्षको विकल्प पनि रहेको छ ।

युनाइटेडले डच क्लब आयाक्सबाट यससँगै उनी युनाइटेडको दोस्रो सबैभन्दा महँगो तथा प्रिमियर लिगको चौथो महँगो खेलाडी बनेका छन् । यसअघि युनाइटेडले फ्रान्सेली मिडफिल्ड पउल पोग्वाका लागि ८९ मिलियन युरो खर्चिएको थियो । त्यसपछि युनाइटेडले डिफेन्डर ह्यारी मगाएरको लागि ८० मिलियन युरो तिरेको थियो ।

यसअघि प्रिमिर लिगमा युनाइटेडले सन् २०१६ मा पोग्वाका लागि ८९ मिलियन युरो खर्चेको थियो । त्यसपछि गत समरमा चेल्सीले रोमेलु लुकाकुका लागि ९७.५ मिलियन पाउन्ड, सन् २०२१ म म्यानचेस्टर सिटीले ज्याक ग्रेलिसलाई १ सय मिलियन पाउन्ड खर्चिएको थियो ।

‘विश्वको सबैभन्दा प्रतिष्ठित क्लबमा सामेल हुन पाउनु मेरो करिअरको अविश्वसनीय क्षण हो ।’ क्लबमा सार्वजनिक भएपछि एन्टोनीले भने, ‘मलाई विश्वास गर्ने सबैलाई, विशेष गरी मेरो परिवार र मेरा सबै प्रशिक्षक र टोलीका साथीहरूप्रति म आभारी छु, किनभने तिनीहरू बिना म यहाँसम्म पुग्न सक्दिनथें ।’

एरिक टेन ह्यागको नेतृत्वमा आयाक्समा खेल्दा राम्रो प्रदर्शन भएको उनले बताए । ‘उहाँको फुटबल शैली र कोचिङले ममा उत्कृष्टता ल्याएको छ, । उनले म्यानचेस्टरमा आफ्नो योजना र महत्वाकांक्षाको बारेमा मलाई जे भनेका छन् त्यसबाट म उत्साहित छु । आयाक्समा मेरो समय उत्कृष्ट थियो । म आयाक्सप्रति सधैं आभारी रहनेछु, तर अब म अर्को चुनौतीको लागि तयार छु ।’

आयाक्समा दुई सिजन बिताउँदा एन्टोनीले कुल ८२ खेलमा २४ गोल र २२ असिस्ट दिएका छन् । एन्टोनीले आयाक्सबाट टेन ह्यागकै नेतृत्वमा दुई डच लिग उपाधि र डच कप पनि जितेको छ ।

एन्टोनी यो समरमा युनाइटेडमा अनुबन्ध हुने पाँचौ खेलाडी बनेका छन् । यसअघि युनाइटेडले लिसान्द्रो मार्टिनेज, क्यासमिरो, टाएरेल मलासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ । पोग्वा, नेमान्जा माटिच, एडिन्सन काभानी र परेरालगायतका खेलाडीले क्लब छाडिसकेका छन् ।

एन्टोनी २०२० मा ब्राजिली क्लब साओ पाउलोबाट डच च्याम्पियन आयाक्समा अनुबन्धित भएका थिए । म्यानचेस्टर युनाइटेडका हालका प्रशिक्षक एरिक टेन ह्यागको प्रशिक्षणमा उनले आयाक्समा दुई सिजन बिताएका थिए । प्रशिक्षक टेन ह्याग युनाइटेड आएपछि उनले पनि युनाइटेड नै रोजेको बुझिएको छ ।

आयाक्सको लागि आफ्नो ११ च्याम्पियन्स लिग खेलमा ७ गोल गर्दै एन्टोनीले सनसनी मच्चाएका थिए । २०२१ को अक्टोवरमा ब्राजिलको लागि डेब्युर गरेका एन्टोनीले ९ क्याप जित्दै दुई अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.