default_image

3 years ago

September 1, 2022

आयोजकलाई हराउँदै सिद्राहा भेट्रान्स फाइनलमा

121 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – आयोजक विराट मेघा स्पोर्ट्स एकेडेमी ‘बी’ लाई पराजित गर्दै सिद्राहा भेट्रान्स मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विहीबार सहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा सिद्राहाले आयोजकलाई ३-२ ले पराजित गरेको हो । पहिलो हाफमै २-० ले अघि बढेको सिद्राहाले खेलको अन्त्यतिर लय गुमाएपनि उपाधि भिडन्तमा स्थान पक्का गर्यो । विजयी टोलीका लागि हर्कराम गुरुङले २ तथा सुरज खत्रीले १ गोल गरे । आयोजकका कृष्ण शाक्यले दुई गोल गरेपनि टोलीलाई जिताउन सकेनन् ।

खेलको सुरुवाती समयमा आयोजक टोलीले एकतर्फी दबाब दिएपनि गोल गर्न सकेन । सिद्राहाका गोलरक्षक सुधिर माझीले कृष्णको दुई वन भर्सेस वन प्रहार बचाउँदै खेल गोलरहित राखे । २१ औं मिनेटमा सिद्राहाको काउन्टर अट्याकलाई हर्करामले गोलमा परिणत गर्दै अग्रता दिलाए । लगत्तै अर्कोतर्फ कृष्णले खेल बराबरी गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेनन् । २६ औं मिनेटमा हर्करामले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २-० ले अघि बढाए । त्यसपछि थप आक्रामक देखिएको सिद्राहासामु आयोजकका गोलरक्षक विश्वबन्धु बोहोराले वन भर्सेस वनमा लगातार तीन बचाउ गर्दा सिद्राहाले गोल थप्न सकेन ।

दोस्रो हाफको सुरुवातमा पनि पाहुना टोली हावी देखियो । उत्कृष्ट प्रदर्शन गरेका आयोजकका गोलरक्षक विश्वबन्धु बोहोरा चोट लागेपछि बाहिरिंदा सिद्राहालाई तेस्रो गोल गर्न थप सहज भयो । वैकल्पिक गोलरक्षक सहरलाल खवासले फ्रिकिक ठम्याउन नसक्दा क्रसबारमा लगेर फर्केको बललाई सुरजले शक्तिशाली प्रहारका साथ ३-० ले अघि बढाए ।

खेलको अन्त्यतिर आयोजकले आक्रामक खेल प्रस्तुत गर्दै खेलमा फर्कने संकेत दियो । ६४ औं मिनेटमा सिद्राहाका डिफेन्डरले हातले बल रोकेपछि प्राप्त पेनाल्टीलाई कृष्णले गोलमा परिणत गरे । उनको प्रहार गोलरक्षक सुधिरले बचाएपनि पोस्टभित्र छिरेको थियो । त्यसको ४ मिनेटपछि कृष्णलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि आयोजकले अर्को पेनाल्टी पायो । यसपटक कृष्णले सुन्दर पेनाल्टीमा गोलअन्तर घटाए ।

खेलको अन्त्यतिर सिद्राहाले अग्रता बढाउने अवसर पाएपनि वैकल्पिक गोलरक्षक सहर तिर्थबहादुर याक्सोको वन भर्सेस वनको प्रहारलाई बचाउ गरे । यस जितसँगै सिद्राहा प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिद्राहाका डिफेन्डर विनय चौधरी प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार जहदा भेट्रान र झापाको दुधे भेट्रान क्लबबीच हुनेछ । जहदा भेट्रानले हाटखोलालाई २-२ को बराबरीपछि टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । दुधेले भने विराटनगरको मिल्स भेट्रान क्लबलाई १-० ले हराएको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.