default_image

2 years ago

September 2, 2022

ब्राजिली मिडफिल्डर लिभरपुलमा अनुबन्धित

145 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले ब्राजिली मिडफिल्डर आर्थर मेलोलाई क्लबमा अनुबन्ध गरेको छ । लिभरपुलले मेलोलाई इटालियन क्लब युभेन्ट्सबाट एक सिजनका लागि लोनमा आबद्ध गरेको हो ।

उनी यस सिजनको अन्त्यसम्म क्लबमै रहनेछन् । २६ वर्षीय मेलोले गत सिजन युभेन्ट्सका लागि ३१ खेल खेल्दा यो सिजन कुनै पनि खेल खेलेका छैनन् ।

लिभरपुलमा आबद्ध भएपछि आर्थरले विश्व फुटबलमा धेरै प्रतिनिधित्व गर्ने यो प्रसिद्ध क्लबको जर्सी लगाउन पाउँदा खुशी रहेको बताएका छन् ।

‘म साँच्चै खुसी छु र लिभरपुलको जर्सीमा मेरो सबै कुरा दिनको लागि धेरै उत्प्रेरित छु ।’ आर्थरले थपे । लिभरपुलले चोटका कारण पछिल्लो समय मिडफिल्डमा समस्या बेहोरीरहँदा आर्थरलाई क्लबमा अनुबन्ध गरेको हो । तर आर्थर आँफै दुवै घुँडाको समस्याबाट पीडित छन् ।

लिभरपुलसँग फाबिन्हो, हार्वे इलिएट, फाबियो कार्भाल्हो र कर्टिस जोन्स रहेका छन् । कप्तान जोर्डन हेन्डरसन न्यूक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको खेलमा चोट बोकेका छन् ।

उनले कम्तीमा पनि एक खेल गुमाउनेछन् । हेन्डरसनसँगै थियागो अलकान्तरा, नाबी केइटा र एलेक्स अक्सलेड–चेम्बरलेनले चोट बोकेका छन् ।

ब्राजिलबाट २२ पटक क्याप गरेका आर्थरले एलिसन बेकर र फरवार्ड रोबर्टो फिर्मिनोसँग मिलेर २०१९ को कोपा अमेरिका जितेका थिए।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.