default_image

2 years ago

September 3, 2022

ब्राजिली मार्सेलो ओलम्पियाकोसमा अनुबन्धित

106 views

0 Bookmark

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर मार्सेलो ग्रीसको ओलम्पियाकोसमा अनुबन्धित भएका छन् । यस समरसँगै स्पेनिस क्लब रियल म्याड्रिड छाडेर फ्रि एजेन्ट बनेका मार्सेलो ग्रीक सुपर लिग क्लब ओलम्पियाकोसमा अनुबन्धित भएका हुन् ।

यससँगै ३४ वर्षीय मार्सेलोले थप एक सिजन युरोपमै व्यवसायिक खेल खेल्नेछन् । रियल म्याड्रिडमा अविश्वसनीय १६ सिजन बिताएर क्लबको सबैभन्दा बढी उपाधि जित्ने खेलाडी बनेको मार्सेलोको खेल करिअरमा यो उनको तेस्रो क्लब हो ।

यसअघि उनले ब्राजिली क्लब फ्लुमिनेन्स र स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक खेल खेलेका थिए । मार्सेलो रियल म्याड्रिडको इतिहासमा उत्कृष्ट खेलाडीमध्येको एक हुन् । मार्सेलोले रियलबाट ५४६ खेलमा ३८ गोल गरेका छन् ।

सन् २००७ मा रियल म्याड्रिडमा आएका मार्सेलोले १६ वर्ष रियलबाट खेल्दा २५ उपाधि जितेका छन् । जसमा १३ उपाधि स्पेनभित्र र बाँकी १२ उपाधि अन्तर्राष्ट्रिय स्तरमा छन् । उनले रियलबाट ५ च्याम्पियन्स लिग, ६ स्पेनिस ला लिगा, ३ युरोपियन सुपर कप, २ कोपा डेल रे, ५ स्पेनिस सुपर कप र ४ फिफा क्लब विश्वकप जितेका छन् ।

ब्राजिलबाट ५८ खेलमा ६ गोल गरेका मार्सेलोले २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.