default_image

2 years ago

September 3, 2022

पिएसजी र युभेन्ट्ससहित ८ क्लबलाई जरिवाना

109 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले आर्थिक अनुशासन तोडेको भन्दै युरोपका शीर्ष ५ लिग र अन्य लिगका गरी ८ क्लबलाई जरिवाना गरेको छ ।

युइएफएले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्से र मोनाकोलाई जरिवाना गरेको हो । यि आठ क्लबले फेयर प्ले नियम तोडेको आरोपमा जरिवाना गरेको छ ।

पिएसजीलाई यूईएफएले विना कुनै शर्त ८.६ मिलियन पाउन्ड जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै उसले भविष्यमा ५६.३ मिलियन पाउन्ड बुझाउनुपर्ने बताइएको छ । पिएसजीले पछिल्लो तीन वर्षमा आम्दानीको तुलनामा खर्च बढी गरेको पाइएको छ ।

पिएसजीसँगै यि ८ क्लबले १४९ मिलियन युरो युइएफएले जरिवानास्वरुप बुझाउनुपर्नेछ ।युइएफएका अनुसार क्लबहरुलाई आम्दानीभन्दा धेरै खर्च गर्न नपाउने नियम छ । तर, नियम उल्लंघनको आरोपमा उक्त क्लबहरुलाई जरिवाना गरिएको हो ।

यस्तै युइएफएले थप १९ क्लबलाई निगरानी गरिरहेको भन्दै चेतावनी दिएको छ । जसमा चेल्सी, लेस्टर सिटी, म्यानचेस्टर सिटी, वेस्ट ह्याम र रेन्जर्सलगायतका टोली छन् ।

खेलाडी अनुबन्ध भन्दा भुक्तानीमा नियमभन्दा बढी खर्च गरेको आरोपमा यि क्लबमाथि कारवाही भएको हो । कारवाहीस्वरुप यि सबै क्लबले आर्थिक जरिवाना तिर्नुपर्नेछ । यस कारवाहीमा क्याटलान क्लब बार्सिलोना भने छैन ।

आर्थिक संकटमा फसेर पनि यो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको बार्सिलोनाले उत्तिकै मात्रामा खेलाडीलाई बाहिर पठाउँदै कारवाहीबाट बच्न सफल भयो । बार्सिलोनाले यो समरमा ८ नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.