default_image

3 years ago

September 6, 2022

साफ च्याम्पिनसिप – नेपालको सुरुवात सधैं सुखद

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियामा महिलातर्फको दुई ठूला प्रतियोगिता मध्येको एक साफ च्याम्पियनसिपमा नेपालले सधै सुखद सुरुवात गर्दै आएको छ । यसअघिका पाँचै संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा मंगलबार छैटौं संस्करणको सुरुवात हुँदा पनि नेपालले जितबाट सुरुवात गर्ने अपेक्षा गरिएको छ । यसअघि नेपालले च्याम्पियनसिपको पहिलो खेलमा जितमात्र होइन कम्तीमा ३–० को जित निकालेको छ ।

सन् २०१० मा बंगलादेशबाट सुरु भएको च्याम्पियनसिप नेपालले लगातार दोस्रो पटक आयोजनको मौका पाएको छ । बंगलादेशमा भएको पहिलो संस्करणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० ले हराएको थियो । २०१२ मा श्रीलंकामा आयोजना भएको च्याम्पियनसिपमा नेपालले पाकिस्तानमाथि ८–० को जित निकालेको थियो ।

सन् २०१४, २०१६ र २०१९ को संस्करणमा पहिलो खेलमा भने नेपालको भेट भुटानसँग हुँदै आएको छ । संयोगवश नेपालले यसपटक पनि भुटानविरुद्ध खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दैछ । २०१४ र २०१६ दुवै संस्करणमा नेपालले भुटानलाई ८–० ले हराएको थियो । २०१६ को चौथो संस्करणमा सावित्रा भण्डारी सम्बा एक्लैले ६ गोल गरेकी थिइन् । त्यसो त सावित्रालाई भुटानविरुद्धको खेल निकै फापेको छ ।

विराटनगरमा २०१९ मा भएको पाँचौं संस्करणमा भने नेपालले भुटानमाथि ३–० को जित निकालेको थियो । भुटानविरुद्धका चारै खेलमा सावित्राले गोल गरेकी छन् । २०१४ मा पहिलो पटक च्याम्पियनसिप खेल्दा भुटानविरुद्ध १ गोल गरेकी सावित्राले २०१६ मा ६ गोल र पछिल्लो पटक २०१९ मा १ गोल गरेकी थिइन् । चौथो संस्करणबाहेक नेपाल सबै संस्करणको फाइनल पुगेको थियो । हरेक फाइनलमा भारतसँग पराजित नेपालले सन् २०१६ को सेमिफाइनल पनि भारतसँगै गुमाएको थियो ।

साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल

वर्ष – प्रतिद्वन्द्वी – नतिजा

२०१० माल्दिभ्स ६–०

२०१२ पाकिस्तान ८–०

२०१४ भुटान ८–०

२०१६ भुटान ८–०

२०१९ भुटान ३–०

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.