default_image

2 years ago

September 7, 2022

चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

172 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई बुधबार बर्खास्त गरेको हो ।

चेल्सी मंगलबार राति च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमै क्रोएसियन क्लब डिनामो जाग्रिवसँग उसकै मैदानमा १–० ले पराजित भएको थियो । टुचेलको प्रशिक्षणमा चेल्सीले यो सिजन राम्रो प्रदर्शन गर्न सकेको छैन ।

चेल्सीले यो सिजन प्रिमियर लिगमा ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । चेल्सीले प्रिमियर लिगमा यो सिजन लिड्स युनाइटेडसँग ३–० ले तथा साउथह्याम्टनसँग २–१ ले पराजित भएको थियो ।

जर्मनीका ४९ वर्षीय प्रशिक्षक टुचेल २६ जनवरी २०२१ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीको मुख्य प्रशिक्षक बनेका थिए । त्यही सिजन उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । तर, त्यसपछि भने चेल्सीले टुचेलको प्रशिक्षणमा चेल्सीले पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकेपछि चेल्सी आफ्ना प्रशिक्षकलाई बर्खास्ती गर्न पुगेको हो ।

टुचेलको प्रशिक्षणमा चेल्सीलाई यो अवधिमा १ सय खेल खेल्दा ६० जित, २४ बराबरी र १६ हारको नतिजा निकालेको छ । टुचेलले यसअघि एफसी अग्सवर्ग, माइन्ज, बोरुसिया डर्टमुन्डसँगै पिएसजीको प्रशिक्षण सम्हालिसकेका छन् ।

घरेलु मैदानमा टोटेनहम हटस्परसँग २–२ गोलको बराबरीमा रोकिएको खेलपछि टोटेनहमका प्रशिक्षक एन्टोनियो कोन्टेसँगको अभद्र व्यवहार गरेपछि उनले एक खेलको प्रतिबन्ध पनि खेपेको थियो ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.