default_image

2 years ago

September 7, 2022

यू२० टोलीको बिदाई

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुने एएफसी यू२० एसियन कप छनोट खेल्ने नेपाली युवा राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा कम्प्लेक्समा यू–२० टोलीको बिदाई गरेको हो । नेपाली टोली बिहीबार बहराइन प्रस्थान गर्ने तालिका छ । नेपाली युवा टोलीलाई नेपाली कांग्रेसका नेता मोहन बस्नेत, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फा पदाधिकारीले सफलताको शुभकामनासहित बिदाई गरे ।

मुख्य प्रशिक्षक मेघराज केसीले यसपटक अघिल्लो महिना साफ यू२० च्याम्पियनसिप खेल्ने टोलीको गोलरक्षकमा कुनै परिवर्तन गरेको छैन ।

डिफेन्समा स्यान्सु भुषाल, जान ताम्ली, राज थोकर टोलीमा पर्दा आयुष श्रेष्ठ, रोशन थापा र सोनित दाहाल बाहिरिएका छन् । मिडफिल्डमा मोहित गुरुङ बाहिरिदा राकेश विश्वकर्माले टोलीले स्थान बनाएका छन् । फरवार्डमा दिपेश राई बाहिरिएका छन् ।

यू२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश छन् । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।

आयोजक बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

नेपाली टोली
गोलरक्षक – ईश्वर गुरुङ, टोप बहादुर राना र जियारथ शेख
डिफेन्डर – स्यान्सु भुषाल, जान ताम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा
मिडफिल्डर – राकेश विश्वकर्मा, सञ्जिव लामा, दिपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड – निरन्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल
मुख्य प्रशिक्षक – मेघराज केसी, गोलकिपिङ प्रशिक्षक – उज्जल मानन्धर, सहायक प्रशिक्षक – बाल गोपाल साहुखल, हेड अफ डेलिगेसन – पुरुषोत्तम थापा, टिम अफिसियल – भगवान बहादुर दर्लामी मगर, मिडिया अफिसर उमेश दाहाल, फिजियो – लोकेन्द्र कुँवर र टिम म्यानेजर – दिवाकर घले गुरुङ

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.