default_image

2 years ago

September 11, 2022

अल्मुताइरीद्वारा पुनः प्रशिक्षक पद त्यागको घोषणा

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कुवेती अब्दुल्ला अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रशिक्षक पद त्यागेको जानकारी गराएका छन् ।


साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अल्मुताइरीले फेसबुकमा खेलेका छन्, ‘५ सय २५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर नेपाली राष्ट्रिय फुटबल टोलीसँगको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । ’
उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।

एन्फाले असोज ११ गते बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि अल्मुताइरी नेपाल फर्केका थिएनन् । यद्दपी उनले बंगलादेशविरुद्धको खेलका लागि २६ खेलाडी डाक्न एन्फालाई आग्रह गरेका थिए ।

एन्फाले भने हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक घोषणा गर्दै ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । अल्मुताइरीले पद त्यागको घोषणा गरेको भने यो पहिलो पटक होइन । यसअघि उनले सामाजिक सञ्जालमार्फत पटक पटक पद त्यागको घोषणा गरेका थिए । कतार फुटबल संघको सहयोगमा अल्मुताइरीले २०७७ चैतमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.