3 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बी को अन्तिम खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराउँदै सुखद सुरुवात गरेको थियो । भुटानले त्यसपछि दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । आजको खेलमा जित वा बराबरीले नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । २ गोल अन्तरको हारले पनि नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ ।
पहिलो खेलमा प्रशिक्षक कुमार थापाले मिडफिल्डर दीपा शाही र फरवार्ड अमिषा कार्कीलाई सुरुवाती रोजाइबाट नै डेब्यु दिएका थिए । मिडफिल्डमा दीपाले उत्कृष्ट प्रदर्शन गर्दा अमिशाले भने खास प्रभाव जमाउन सकिनन् । पहिलो हाफमा परिवर्तन भएकी अमिशा आज बेन्चमा रहने सम्भावना छ । भुटानविरुद्ध दोस्रो हाफमा उनको स्थानमा आएकी रेखा पौडेलले प्रभाव जमाएकी थिइन् । आज उनले सुरुवात गर्ने सम्भावना छ ।

प्रशिक्षक थापाले भुटानविरुद्ध दोस्रो हाफमा गोलरक्षक अन्जना रानामगरलाई पनि अवसर दिएका थिए । अन्जनाले एक सुन्दर बचाउ पनि गरिन् । तर आज कप्तान एन्जिलाले नै सुरुवात गर्ने देखिन्छ । डिफेन्समा पनि हिरा भुजेल, पुनम जर्घा मगर, गीता राना र अमृता जैशी नै निरन्तर खेल्ने देखिन्छ । पछिल्लो खेलमा समिक्षा घिमिरेले दोस्रो हाफमा मैदान छिर्दै डेब्यु गरेकी थिइन् । तर डिफेन्समा प्रशिक्षक थापाले परिवर्तन नगर्न सक्छन् ।
मिडफिल्डमा मन्जली कुमारी योन्जन उपलब्ध नहुँदा फेरी एकपटक अनिता केसी नै सुरुवात गर्न सक्छिन् । अन्तिम समयमा ज्वरो आएपछि भुटानविरुद्ध टोलीमा परिवर्तन गर्नुपरेको थापाले बताएका थिए । आजको खेलमा पनि मन्जली उपस्थित हुने छैनन् । अनिता बस्नेतले पहिलो खेलमा प्लेयर अफ द म्याचको प्रदर्शन गरेकी थिइन् । उनीसँगै दीपा शाही, अनिता केसी र सरु लिम्बु मिडफिल्डमा हुनेछन् । सरु र दीपाको जोडी नै मिडफिल्डमा देखिने सम्भावना छ ।
आक्रमणमा सावित्रा भण्डारी र रेखाले खेल्न सक्छन् । सावित्रा पछिल्लो केही दिन ज्वरोका कारण विश्राममा भएपनि खेलका लागि उपलब्ध हुने सम्भावना छ । प्रशिक्षक थापाले जोखिम लिन नचाहे अमिशा कार्की र रश्मीकुमारी घिसिङ विकल्पका रुपमा रहेका छन् ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]