default_image

3 years ago

September 12, 2022

सावित्रालाई डेंगी संक्रमण!

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् ।

फरवार्ड सावित्रालाई संक्रमण भएको टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यले जानकारी दिइन् । ‘सावित्रालाई डेंगी लागेको छ । उनको स्वास्थ्य स्थिति राम्रो छ तर रिपोर्ट पोजेटिभ आएको हो । आजको खेल विश्राम गर्नेछिन् ,’ उनले जानकारी दिइन् । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेंगी लागेको छ ।

महिला राष्ट्रिय टोलीमा यसअघि विंगर मन्जली कुमारी योन्जनलाई पनि डेंगी संक्रमण भएको थियो । भुटानविरुद्ध पहिलो खेलको दिन ज्वरो आएपछि उनलाई विश्राम दिइएको थियो । भोलीपल्ट उनलाई संक्रमण देखिएको थियो । मन्जली सोमबार पनि अस्पतालमै छिन् । उनलाई मंगलबार डिस्चार्ज गर्ने तयारी भएको छ ।

सावित्राको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी टिम होटेलमै छिन् । उनले श्रीलंकाविरुद्ध खेलमा भने खेल्ने छैनन् । सावित्राले पहिलो खेलमा २ गोल गरेकी थिइन् । उनको अनुपस्थितिमा रेखा पौडेल र अमिशा कार्कीले टोलीको आक्रमण सम्हाल्ने सम्भावना रहेको छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.