default_image

2 years ago

September 14, 2022

उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी यू१७ पुरुष साफ च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाली टोलीले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति ७:१५ बजेपछि सुरु हुनेछ ।नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको हो । समूह चरणमा […]

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी यू१७ पुरुष साफ च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाली टोलीले भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समयअनुसार राति ७:१५ बजेपछि सुरु हुनेछ ।नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेको हो ।

समूह चरणमा भारतलाई हराइसकेको नेपाल सोही जितको लयलाई निरन्तरता दिंदै उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । नेपालले भारतलाई समूह चरणमा ३–१ ले हराएको थियो । यता, भारत भने समूह चरणमा भोगेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन् । प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने भएपनि अघिल्लो खेलजस्तै मिहेनत गरेर खेलेर उपाधि जित्ने बताएका छन् ।

‘भारतले सेमिफाइनलमा बंगलादेशविरुद्ध उत्कृष्ट खेल्यो । उनीहरु लयमा फर्किएका छन् । हामी भारतविरुद्ध तयार छौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो कप्तान टिममा फर्किएका छन् । खेलाडीहरु पूर्ण फिट छन् । खेलाडीले आफ्नो प्राकृतिक खेल खेलिरहेका छन् । फाइनल खेल टिम गेमको रुपमा खेल्नछौं, मिहिनेत गरेर खेल्छौं ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.