default_image

3 years ago

September 15, 2022

नेपालको असली परिक्षा भारतसँग

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलमा गोलको वर्षा गर्ने क्रममा ६–० जितका साथ समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको थियो । पहिलो खेलमा भुटानलाई ४–० लाई हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो ।

दुवै खेलमा नेपालले विपक्षीबाट चुनौतीको खासै सामना गर्नुपरेन । सात हप्ताको तयारीपछि साफ च्याम्पियनसिपको यात्रा सुरु गरेको नेपालका लागि समूह चरणको खेल अभ्यास खेल भन्दा बढी थिएन भन्दा फरक पर्दैन । त्यसअर्थ नेपालका लागि साफ च्याम्पियनको असली परिक्षा भारतविरुद्धको खेलबाट हुनेछ । श्रीलंकासँगको भारी अन्तरको जितमा पनि टोलीका मुख्य प्रशिक्षक कुमार थापा सन्तुष्ट थिएनन् ।

खेलपछि थापाले भनेका थिए ‘खेलाडीले एकदम गोल गर्न हतार गरे । हामीले आफ्नो शैली अनुसार खेल्न सकेनौं । म खुसी छैन । आज त श्रीलंकाविरुद्ध कठिन थिएन तर अन्य टोलीविरुद्ध गाह्रो हुन्छ ।’

थापाले त्यसो भनिरहँदा नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी टोली तय भइसकेको थिएन । मंगलबार बंगलादेशले भारतलाई हराएपछि नेपालको सेमिफाइनल भेट भारतसँग पक्का भएको थियो । भारत त्यहि टोली हो जसलाई साफ च्याम्पियनसिपमा नेपालले हराउन सकेको छैन । त्यसैले भन्न सकिन्छ शुक्रबार भारतविरुद्ध हुने खेल साफ च्याम्पियनसिपमा नेपालको क्षमताको परिक्षण हुनेछ ।

अघिल्ला ५ मध्ये ४ संस्करणमा फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । सन् २०१६ मा सेमिफाइनलमा पनि भारतसँगै पराजित भएर घर फर्केको थियो । साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म भारतबाहेक कुनै टोलीसँग हारेको छैन । यसपटक पनि भारतलाई हराउन नसके टोली च्याम्पियन बन्न सक्दैन ।

साफ च्याम्पियनसिपको इतिहासमा दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतको सामना गर्दैछ । त्यति बेला भारतीय भूमिका सेमिफाइनलमा हारेको नेपालले यसपटक घरेलु मैदानको फाइदा उठाउँदै भारतको चुनौती पार गर्नुपर्नेछ ।

थापाले भारतलाई अनुभवी टोली बताएका थिए । उनले सेमिफाइनलमा भारत वा बंगलादेश जुन टोली आएपछि आफूहरुको खेलको रणनीति र शैलीमा भने कुनै परिवर्तन नहुने बताएका थिए । थापासँगको अर्को संयोगमा भनेको उनले पछिल्लो पटक साफ च्याम्पियसिपमा नेपाली टोली भारतसँग सेमिफाइनलमै पराजित भएको थियो । थापा यसपटक त्यो छविलाई बदल्न प्रयासमा हुनेछन् ।

बंगलादेशसँग अप्रत्यासित हार बेहोरेको भारतका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाईं पनि हुनेछ । लगातारको च्याम्पियन कुनै पनि मुल्यमा नेपालसँग हार नखानका लागि प्रयासरत रहनेछ । बंगलादेशसँगको खेल उनीहरुका लागि खतराको संकेत हो ।

टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले बंगलादेशसँगको हारमा आफ्नो टोलीको खराब प्रदर्शन मानेका थिए । नेपाल भारतपछिको बलियो टोलीको रुपमा जानिन्छ । बंगलादेशसँगै प्रदर्शन दोहाराएको अवस्थामा नेपालले पनि भारतलाई जित्ने सम्भावना रहन्छ ।

प्रशिक्षक क्षेत्रीले घरेलु समर्थकबीच नेपालविरुद्ध खेल्न कठिन हुने बताउँछन् । ‘नेपालसँगको खेल सधैं कठिन हुने गर्दछ । अझ नेपालमै आएर खेल्न थप गाह्रो हुन्छ किनभने समर्थक पनि साथमा हुन्छन् । हामीले यसअघि विराटनगर पनि खेलेका थियौं । काठमाडौंमा अझ धेरै समर्थक हुनेछन्, उनले भनेका थिए, तर हामीसँग पुरानो अनुभव छ । नेपाललाई नेपालमै हराएका खेलाडी पनि टोलीमा छन् । अब हाम्रो ध्यान अब सेमिफाइनलमा हुनेछ ।’

उपाधिका लागि एक कदम अघि बढ्न र भारतविरुद्ध ऐतिहासिक जित दर्ता गराउने दुवै अवसर नेपालसँग हुनेछ । त्यसका लागि कस्तो प्रदर्शन गर्नेछ त्यसमा समर्थकको नजर रहनेछ ।

साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको नतिजा

वर्ष नेपाल भारत खेल

२०१०, ०-१ फाइनल

२०१२, १-३ फाइनल

२०१४, ०-६ फाइनल

२०१६, १-३ सेमिफाइनल

२०१९, ०-३ फाइनल

२०२२ ? ? सेमिफाइनल

स्कोर अनुमान गर्नुहोस् र जित्नुहोस् :

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.