3 years ago
September 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलमा गोलको वर्षा गर्ने क्रममा ६–० जितका साथ समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको थियो । पहिलो खेलमा भुटानलाई ४–० लाई हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो ।

दुवै खेलमा नेपालले विपक्षीबाट चुनौतीको खासै सामना गर्नुपरेन । सात हप्ताको तयारीपछि साफ च्याम्पियनसिपको यात्रा सुरु गरेको नेपालका लागि समूह चरणको खेल अभ्यास खेल भन्दा बढी थिएन भन्दा फरक पर्दैन । त्यसअर्थ नेपालका लागि साफ च्याम्पियनको असली परिक्षा भारतविरुद्धको खेलबाट हुनेछ । श्रीलंकासँगको भारी अन्तरको जितमा पनि टोलीका मुख्य प्रशिक्षक कुमार थापा सन्तुष्ट थिएनन् ।
खेलपछि थापाले भनेका थिए ‘खेलाडीले एकदम गोल गर्न हतार गरे । हामीले आफ्नो शैली अनुसार खेल्न सकेनौं । म खुसी छैन । आज त श्रीलंकाविरुद्ध कठिन थिएन तर अन्य टोलीविरुद्ध गाह्रो हुन्छ ।’
थापाले त्यसो भनिरहँदा नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी टोली तय भइसकेको थिएन । मंगलबार बंगलादेशले भारतलाई हराएपछि नेपालको सेमिफाइनल भेट भारतसँग पक्का भएको थियो । भारत त्यहि टोली हो जसलाई साफ च्याम्पियनसिपमा नेपालले हराउन सकेको छैन । त्यसैले भन्न सकिन्छ शुक्रबार भारतविरुद्ध हुने खेल साफ च्याम्पियनसिपमा नेपालको क्षमताको परिक्षण हुनेछ ।

अघिल्ला ५ मध्ये ४ संस्करणमा फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । सन् २०१६ मा सेमिफाइनलमा पनि भारतसँगै पराजित भएर घर फर्केको थियो । साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म भारतबाहेक कुनै टोलीसँग हारेको छैन । यसपटक पनि भारतलाई हराउन नसके टोली च्याम्पियन बन्न सक्दैन ।
साफ च्याम्पियनसिपको इतिहासमा दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतको सामना गर्दैछ । त्यति बेला भारतीय भूमिका सेमिफाइनलमा हारेको नेपालले यसपटक घरेलु मैदानको फाइदा उठाउँदै भारतको चुनौती पार गर्नुपर्नेछ ।
थापाले भारतलाई अनुभवी टोली बताएका थिए । उनले सेमिफाइनलमा भारत वा बंगलादेश जुन टोली आएपछि आफूहरुको खेलको रणनीति र शैलीमा भने कुनै परिवर्तन नहुने बताएका थिए । थापासँगको अर्को संयोगमा भनेको उनले पछिल्लो पटक साफ च्याम्पियसिपमा नेपाली टोली भारतसँग सेमिफाइनलमै पराजित भएको थियो । थापा यसपटक त्यो छविलाई बदल्न प्रयासमा हुनेछन् ।

बंगलादेशसँग अप्रत्यासित हार बेहोरेको भारतका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाईं पनि हुनेछ । लगातारको च्याम्पियन कुनै पनि मुल्यमा नेपालसँग हार नखानका लागि प्रयासरत रहनेछ । बंगलादेशसँगको खेल उनीहरुका लागि खतराको संकेत हो ।
टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले बंगलादेशसँगको हारमा आफ्नो टोलीको खराब प्रदर्शन मानेका थिए । नेपाल भारतपछिको बलियो टोलीको रुपमा जानिन्छ । बंगलादेशसँगै प्रदर्शन दोहाराएको अवस्थामा नेपालले पनि भारतलाई जित्ने सम्भावना रहन्छ ।
प्रशिक्षक क्षेत्रीले घरेलु समर्थकबीच नेपालविरुद्ध खेल्न कठिन हुने बताउँछन् । ‘नेपालसँगको खेल सधैं कठिन हुने गर्दछ । अझ नेपालमै आएर खेल्न थप गाह्रो हुन्छ किनभने समर्थक पनि साथमा हुन्छन् । हामीले यसअघि विराटनगर पनि खेलेका थियौं । काठमाडौंमा अझ धेरै समर्थक हुनेछन्, उनले भनेका थिए, तर हामीसँग पुरानो अनुभव छ । नेपाललाई नेपालमै हराएका खेलाडी पनि टोलीमा छन् । अब हाम्रो ध्यान अब सेमिफाइनलमा हुनेछ ।’
उपाधिका लागि एक कदम अघि बढ्न र भारतविरुद्ध ऐतिहासिक जित दर्ता गराउने दुवै अवसर नेपालसँग हुनेछ । त्यसका लागि कस्तो प्रदर्शन गर्नेछ त्यसमा समर्थकको नजर रहनेछ ।
साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको नतिजा
वर्ष नेपाल भारत खेल
२०१०, ०-१ फाइनल
२०१२, १-३ फाइनल
२०१४, ०-६ फाइनल
२०१६, १-३ सेमिफाइनल
२०१९, ०-३ फाइनल
२०२२ ? ? सेमिफाइनल
स्कोर अनुमान गर्नुहोस् र जित्नुहोस् :
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]