3 years ago
September 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता भारत सेमिफाइनलमा बाहिरीसँगै महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नयाँ च्याम्पियन बन्ने पक्का भइसकेको छ । यस पटक फाइनल पुगेका दुई टोली नेपाल र बंगलादेशमध्ये जसले जितेपछि त्यो साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन हुनेछ ।

च्याम्पियनसिपमा शुक्रबार नेपालले भारतलाई १–० र बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि ४ पटक फाइनल खेलेको नेपाल र एक पटक फाइनल खेलेको बंगलादेशबीच दशरथ रंगशालामा सोमबार साँझ उपाधि छिनोफानोको खेल हुनेछ । साफ च्याम्पियनसिपमा भारतको दबदबालाई यसपटक सेमिफाइनलमै रोक्न नेपाल सफल भएको छ ।
यसअघिका पाँचै संस्करणमा भोगेको हारको बदला नेपालले घरेलु मैदानमा लिएको छ । भारत पाँचै संस्करणको च्याम्पियन टोली हो । सन् २०१० मा सुरु भएको च्याम्पियनसिपमा २०१६ को चौथो बाहेक नेपालले सबै फाइनल खेलेको छ । नेपाल सेमिफाइनल पुगेको चौथो संस्करणमा बंगलादेशले भारतविरुद्ध फाइनल खेलेको थियो । त्यसयता पहिलो पटक फाइनलमा पुगेको बंगलादेश समग्रमा दोस्रो पटक उपाधि नजिक पुगेको हो ।

नेपाली टोली भने घरेलु मैदानमा आयोजना भएको च्याम्पियनसिपमा लगातार फाइनल पुग्न सफल भएको छ । यसअघि पाँचौं संस्करण २०१९ मा विराटगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग ३–१ पराजित भएको थियो । भारतीय टोली यसपटक दोहोरो चोट बोकेर स्वदेश फर्कदैछ । नेपालसँग सेमिफाइनलमा पराजित हुनुअघि समूह चरणमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो । सन् २०१० बाट सुरु भएको च्याम्पियनसिपको इतिहासमा बंगलादेशसँगको हार पहिलो थियो ।
भारत नेपाल र बंगलादेशसँग एकै संस्करणमा पराजित भएपछि नयाँ च्याम्पियनको आधार तयार भएको हो । जारी च्याम्पियनसिपमा उच्च प्रदर्शन गर्नेमा बंगलादेशपछि नेपाल पर्दछ । बलियो भारतसँगै बंगलादेशले माल्दिभ्स ३–० र पाकिस्तानलाई ६–० फराकिलो अन्तरले हराएको थियो । तुलानात्मक रुपमा सहज समूहमा परेको नेपालले भुटालाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो ।
नेपालको असली परिक्षा भारतविरुद्धको खेलमा भएको थियो । जहाँ नेपालले सफलता हासिल गरेको छ । भारतलाई हराउन सफल नेपाल र बंगलादेशबीचको फाइनल पनि रोमाञ्चक हुने विश्वास गरिएको छ । साफ च्याम्पियनसिपमा अहिलेसम्म बंगलादेशले हराउन नसकेको टोलीमा नेपाल पनि हो ।

यसअघि सधैं हराउँदै आएको बंगलादेशलाई निराश पार्दै नेपाल घरेलु मैदानमा च्याम्पियन बन्ने सम्भावनाको नजिक आइपुगेको छ । अर्कोतर्फ भारतलाई समेत हराइसकेको बंगलादेश नेपालमाथि पनि अर्को एतिहासिक जित निकाल्दै उपाधि लिएर फर्कने सम्भावनाको निकट रहेको छ ।
साफ च्याम्पियनसिपको विजेता र उपविजेता
वर्ष विजेता उप विजेता गोल
२०१०, भारत नेपाल १–०
२०१२, भारत नेपाल ३–१
२०१४, भारत नेपाल ६–०
२०१६, भारत बंगलादेश ३–१
२०१९, भारत नेपाल ३–०
२०२२, ? ? ?
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]