default_image

2 years ago

September 20, 2022

विश्वकपअघि ब्राजिलले दुई खेल खेल्दै

118 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतार आउन अब केही सातामात्र बाँकी छ । उपाधिको दाबेदार मानिएको ब्राजिलले यसै साता दुई मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ ।

ब्राजिलले सेप्टेम्बर २३ मा घानासँग खेल्नेछ । त्यसको ४ दिनपछि सेप्टेम्बर २७ मा ब्राजिल र ट्युनिसिया भिड्नेछन् । दुवै खेल फ्रान्समा हुनेछ । घानाविरुद्ध खेल ले हाभ्र र ट्युनिसियासँगको खेल पेरिस सेन्ट जर्मेनको मैदान पार्क दे प्रिन्समा खेलिनेछ ।

ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपको अन्तिम तयारीस्वरूप रहेको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । उनले प्रिमियर लिग टोली आर्सनलका फरवार्ड ग्याब्रिएल जेससलाई टोलीमा समेटेका छैनन् । प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेपनि विश्वकप छनोटको क्रममा ११ खेलमा गोल नगरेपछि उनको विश्वकप खेल्ने सम्भावना कमजोर रहेको छ ।

यस्तै एस्टन भिल्लाका मिडफिल्डर फिलिपे कोउटिन्हो पनि टोलीमा छैनन् । ब्राजिलको राष्ट्रिय टोलीका लागि ६८ खेलमा २१ गोल गरेका उनी टोलीमा अटाएका छैनन् । प्रिमियर लिगमा पनि उनले सुस्त सुरुवात गरेका छन् । मिडफिल्डमा वेस्ट ह्याम आएका लुकास पक्वेटाले भने स्थान बनाएका छन् ।

आक्रमणमा पिएसजी स्टार नेयमार सँगै रियल म्याड्रिडका भिनिसियस र रोड्रीगो छन् । यसै सिजन कीर्तिमानी मुल्यमा म्यानचेस्टर युनाइटेड आएका विंगर एन्टोनी पनि टोलीमा छन् । बार्सिलोनाका विंगर राफिन्हा पनि मैत्रीपूर्ण खेलमा सहभागी हुनेछन् ।

नोभेम्बर तेस्रो साता सुरु हुने फिफा विश्वकपमा ब्राजिल समूह जी मा रहेको छ । ब्राजिलले समूह चरणमा सर्बिया, स्विटजरल्यान्ड र क्यामरुनको सामना गर्नेछ ।

२३ सदस्यीय टोली :

गोलरक्षक : एलिसन, एडरसन, वेभर्टन (पाल्मेरस)

डिफेन्डर : ड्यानिलो, एलेक्स सान्ड्रो, एलेक्स टेलेस, मार्किन्हस, एडर मिलिसाओ, थियागो सिल्भा, ब्रेमर, रोजर इबानेज

मिडफिल्डर : कासेमिरो, ब्रुनो गुइमारेस, फ्रेड, फाबिन्हो, लुकास पाक्वेटा, एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : एन्टोनि, रोबर्टो फिर्मिनो, मथिअस कुन्हा, नेयमार, पेड्रो (फ्लामेंगो), राफिन्हा, रोड्रीगो, भिनिसिअस

यो पनि :

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.