default_image

2 years ago

September 27, 2022

हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

113 views

0 Bookmark

एजेन्सी – हंगेरीमाथि सहज जित निकाल्दै इटाली युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरेको हो ।

इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्काेले गोल गरे । इटालीले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै सहज जित निकाल्न सफल भयो ।

पुस्कास एरिना बुढापेस्टमा सोमबार राति भएको खेलको २७औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई अग्रता दिलाए । त्यसपछि ५२औं मिनेटमा फेडरिको डिमार्काेले गोल गर्दै इटालीको सहज जित पक्का गरे ।

यस जितसँगै इटाली लिग ए ग्रुप ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरी १० अंक जोड्दै दोस्रो स्थानमा रहँदा फाइनल फोरमा पुग्न असफल रह्यो ।

दुवै टोली यस विश्वकपमा छनोट हुन असफल टोली हुन् । तर, यि दुई टोलीले नेसन्स लिगमा भने गज्जवको प्रदर्शन गरेको थियो । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल फोरमा स्थान बनाइसकेका छन् ।

यही समूहको अर्काे खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इंग्ल्यान्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ । जर्मनीले ७ तथा इंग्ल्यान्डले ३ अंक जोड्न सक्यो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.