default_image

2 years ago

September 29, 2022

बेन्जेमालाई पिचिची अवार्ड

138 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड प्रदान गरिएको छ।बेन्जेमाले पहिलोपटक यो अवार्ड जितेका हुन् ।

स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो ।

बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन रियल म्याड्रिडले कीर्तिमानी ३५औं पटक ला लिगाको उपाधि जित्दा कप्तान बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बेन्जेमाले ला लिगा २०२१–२२ मा उत्कृष्ट खेलाडीको लागि अल्फ्रेडो डि स्टेफानो ट्रफी पनि जितेका थिए । साथै बेन्जेमाले समर्थकको मनपर्ने खेलाडीको रुपमा एमभीपी ट्रफी पनि जितेका थिए ।

अल्फ्रेडो डि स्टेफानोले मलाई सधैं मेरो सपनामा विश्वास गर्न र रियल म्याड्रिडमा बिताएका हरेक पलको आनन्द लिन सिकाएको बेन्जेमाले अवार्ड जितेपछि बताए ।

‘म के गरिरहेको छु र म घरमा धेरै राम्रो महसुस गरिरहेको छ । म विश्वको उत्कृष्ट टोलीबाट खेल्न पाउँदा निकै भाग्यमानी छु । म मेरो प्रदर्शनबाट धेरै गर्व गर्छु र यो वर्ष हाम्रो लागि कठिन रहेपनि क्लबलाई धेरै भन्दा धेरै ट्रफी जिताउने छु ।’ बेन्जेमाले भने ।

‘पिचिची ट्रफी जित्नु मेरो लागि धेरै महत्वपूर्ण छ र म मेरो टोलीका साथीहरु, समर्थक र क्लबलाई धन्यवाद दिन चहान्छु । हाम्रा प्रतिद्धन्द्धीहरु प्रत्येक वर्ष ला लिगा जित्न चहान्छन् र यो सधैं परिवर्तन हुन्छ । हामी बलियो टोली हौं, हामी आँफैमा केन्द्रित छौं । भिनि र रोड्रिगो युवा छन् तर रियलका लागि धेरै खेलिसकेका छन् । म पक्का छु कि उनीहरुले पनि एक दिन यो ट्रफी जित्नेछन् ।’

बेन्जेमासँगै प्रशिक्षक कार्लाे एन्सेलोटी र लुनिनले पनि अवार्ड जितेका छन् । पिचिची ट्रफी अर्जेन्टिनी लियोनेल मेस्सीले सर्वाधिक ८ पटक जितेका छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.