default_image

2 years ago

September 29, 2022

नेयमार पेलेको कीर्तिमान नजिक

177 views

0 Bookmark

एजेन्सी – ढिला होस् या चाँडो सबै कुराले नेयमारले ब्राजिल तथा विश्व फुटबलका लेजेन्ड पेलेलाई उछिनेर ब्राजिलको राष्ट्रिय टोलीको इतिहासमा शीर्ष गोलकर्ता बन्ने देखिन्छ ।

नेयमारले २०२२ को विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्दै सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य राखेको छ । नेयमारलाई कति गोल चाहिन्छ भन्नेमा फरक–फरक विवरणहरू छन् ।

‘राष्ट्रिय टोलीका लागि शीर्ष स्कोरर बन्न पाउनु ठूलो सम्मानको कुरा हुनेछ र यदि मैले त्यस्तो सोचेको छैन भनेँ भने म झूट बोल्छु । निस्सन्देह, यो मेरो व्यक्तिगत लक्ष्यहरू मध्ये एक हो । म यसलाई प्राप्त गर्ने आशा गर्दछु । मैले ब्राजिलका सबैका लागि आइडल पेलेको कीर्तिमान तोड्न सक्छु ।’ नेयमारले फेब्रुअरीमा भनेका थिए ।

ट्युनिसियाविरुद्धको गोलपछि नेयमारले ब्राजिलको जर्सीमा ७५ आधिकारिक गोल गरेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अनुसार पेलेले ७७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

ब्राजिल फुटबल फेडेरेसन (सिविएफ) का अनुसार पेलेको नाममा ९५ भन्दा धेरै गोल छ । तर फिफाले ७७ गोललाई मात्रै मान्यता दिएको छ ।

नेयमारले ओलम्पिक खेलहरूमा गरेका गोलहरूलाई गणना गरिएको छैन । ओलम्पिकमा यू२३ टोली रहने भएकाले त्यसमा भएका गोललाई सिनियर टोलीमा मान्यता दिइदैन ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले लन्डनमा (तीन गोल गर्दै) रजत र रियोमा (चार गोल गर्दै) स्वर्ण जितेका थिए । उनले सात गोललाई सिनियर टोलीमा गणना गरिएको छैन ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.