default_image

2 years ago

September 29, 2022

यू१७ फुटबल टोलीलाई प्राइम सेरामिक्सको सम्मान

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १७ वर्षमुनिको साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली युवा टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ ।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मानित गरेका हुन् । अग्रवालले साफ यू१७ च्याम्पियनसिपमा सहभागी खेलाडी तथा अफिसियललाई जनही ५ हजार रुपैयाँ ले सम्मान गरेका हुन् ।

उनले भविष्यमा नेपाली युवा टिम मात्र नभई अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न इच्छुक रहेको बताए । उमेर समूहको साफ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा भएको थियो ।

दक्षिण एसियाका ६ टिम सहभागी प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ४–० ले पराजित भएको थियो । यही युवा टोलीले भियतनाममा हुने यू१७ एसियन कप छनोटमा सहभागी हुँदैछ ।

प्राइम सेरामिक्सका अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । ‘यो टिमका सबै खेलाडी प्रतिभावान् छन् । श्रीलंकामा यी खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे । उनीहरूलाई समयमै सम्मान गर्न नपाएकोमा दुःख लागेको छ । आशा छ भियतनाममा हुने एसियन कप छनौटमा पनि नेपाली टिमको प्रदर्शन राम्रो हुनेछ । यो समग्र टिमको यात्रामा हामी पनि सँगसँगै छौं । भियतनामबाट फर्किएपछि हाम्रो भेट हुने नै छ ।’ अग्रवालले भने ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टिम उपविजेता भएको भएपनि नेपालमा वास्ता नगरिएकोमा दुखेसो पोखे । ‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो । यसले समग्र टिमलाई हौसला दिनेछ। भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौं ।’ श्रेष्ठले भने ।

कार्यक्रममा उपस्थित पूर्वखेलाडी राजेश शाहीले सम्मानित युवा खेलाडीलाई सकारात्मक मनोवृत्तिका साथ खेल्न सुझाए । ‘यो टिम प्रतिभाशाली भएकोमा शंका छैन । तर प्रतिभा भएर मात्र पुग्दैन । सकारात्मक मनोवृत्तिको आवश्यकता पर्छ । आत्मविश्वास चाहिन्छ । जस्तो सुकै बलियो विपक्षी भए पनि नडराई खेल्दा नतिजा आफ्नो पक्षमा आउँछ । यसकारण यी कुरा ध्यानमा राखेर खेल्नुपर्छ ।’ शाहीले भने ।

टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेको र खेलाडीले राम्रो खेल देखाए मात्र उनी सफल हुने शाहीको धारणा थियो । ‘उर्जन खेलाडीका रूपमा प्रमाणित भइसकेका छन्। अब प्रमाणित हुने पालो प्रशिक्षणमा हो।

टिमको प्रदर्शन राम्रो भए मात्र उनी सफल ठहरिनेछन्। उनलाई सफल बनाउने खेलाडीले हो । यसकारण सबै खेलाडीले देशका लागि, आफ्नो टिमका लागि, प्रशिक्षकका लागि खेल्नुपर्छ,’ शाहीले भने । टिमका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिए । उनले श्रीलंकामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास व्यक्त गरे ।

नेपाल अन्डर १७ एसियन कप छनोटमा समूह ‘एफ’ मा छ । यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ । समूहमा नेपाल र घरेलु टिम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.