default_image

2 years ago

October 4, 2022

अर्जेन्टिनी फरवार्डले सन्यास लिने

87 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यस सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका लागि खेलिरहेका फरवार्ड हिगुआइनले सोमबार व्यवसायिक खेल जीवनबाट सन्यास घोषणा गरेको क्लबले जनाएको छ ।

३४ वर्षीय हिगुआइन सन् २०२० मा इटालियन क्लब युभेन्ट्सबाट मियामी पुगेका थिए । त्यसअघि उनी सन् २०१६ मा इटालियन क्लब नेपोलीबाट युभेन्ट्स पुगेका थिए । उनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका थिए ।

स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व खेलाडीसमेत रहेका हिगुआइनले युभेन्ट्सबाट तीन सिरी ‘ए’ र दुई पटक कोपा इटालिया जितेका थिए ।

इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब चेल्सीका लागि लोनमासमेत खेलेका हिगुआइनले रियलबाट सात सिजन खेल्दा ३ ला लिगा, दुई स्पेनिस सुपर कोपा र एक कोपा डेल रे उपाधि जितेका थिए ।

यस्तै नेपोलीबाट कोपा इटालिया र सुपर कोपा इटालिया र चेल्सीबाट युरोपा लिग जितेका छन् । अर्जेन्टिनी क्लब लिभर प्लेटबाट व्यवसायिक खेल करिअर सुरु गरेका हिगुआइनले क्लब फुटबलमा ७०८ खेल खेल्दा ३३३ गोल र १ सय बढी असिस्ट दिएका छन् ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट २०१८ मै सन्यास लिएका हिगुआइनले ७५ क्याप जित्दा ३१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.