default_image

2 years ago

October 9, 2022

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो । रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा […]

156 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।

रेइम्समा शनिबार राति भएको खेलमा पिएसजी १० खेलाडीमा समेटिनका बावजुत घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

डिफेन्डर सर्जियो रामोस ४१औं मिनेटमा पहेलो र रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी समस्यामा परेको थियो । सुरुवातमा पहेलो कार्ड खाएपछि असन्तुष्टि पोखेका रामोसलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

त्यसपछि पनि पिएसजीले रेइम्सलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले ब्राजिली नेयमारलाई दोस्रो हाफमा मात्रै मैदान प्रवेश गराएपनि टोलीलाई जिताउन सकेन । चोटका कारण अर्जेन्टिनी लियोनेल मेस्सी भने टोलीमा थिएनन् ।

यो बराबरीपछि पनि अपराजित रहेको पिएसजी १० खेलबाट २६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १० खेलबाटै मार्सेको २३ तथा एक खेल कम खेलेको लोरिएन्टको २२ अंक छ । रेइम्स ८ अंक जोडेर १४औं स्थानमा छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.