default_image

3 years ago

October 14, 2022

पुरुष फुटबलमा सुदरपश्चिमले कर्णालीलाई हरायो

267 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

लामाचौरस्थित गोस्टेघाट खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णालीलाई ५–३ ले पराजित गरेको हो । ३८औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो ।

पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो । खेलको ५८औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए ।

७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए ।

अन्तिम समयको थप गरिएको चौथो मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको अन्तिम समयको थप गरिएको पाँचौ मिनेटमा ह्याट्रिक पुरा गरे ।

प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुनेछन् । समूह बी अन्तरगत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.