default_image

2 years ago

October 15, 2022

८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर, बाँकी खेल खेल्न नपाउने

172 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– प्रदेश १ ले प्रोटेष्ट (उजुरी) गरेका एनआरएनएका ८ खेलाडी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबल खेल्न नपाउने भएका छन् । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक समितिले प्रदेश १ विरुद्ध खेलेका एनआरएनएका ८ राष्ट्रिय फुटबल खेलाडीलाई खेलाउन नपाउने बताएको छ ।

गोस्टेघाटमा बिहीबार भएको उद्घाटन खेलमा एनआरएनएले प्रदेश १ लाई २–० ले हराएको थियो । गोल गर्ने संजोक राई र विमल घर्ती मगरसहित अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशाल राई, इशान खड्का र अशोक खवासविरुद्ध प्रदेश १ ले प्रोटेष्ट राखेको थियो । ८ खलाडीसम्मलित खेल जितेको एनआरएनले जितेको खेलको नतिजा प्रदेश १ को पक्षमा गएको छ।

‘उजुरी परेका ८ खेलाडीले बाँकी खेल खेल्न पाउने छैनन् । अब एनआरएनलेले टोलीमा रहेका १२ खेलाडीबाट सहभागिता जनाउँन पाउनेछ,’ प्राविधिक समितिका सचिव प्रचण्ड शर्माले भने, ‘उजुरी परेअनुसार ८ जनाले एनआरएनए भएको प्रमाणित गर्न सक्नुभएन । खेलको नतिजा पनि प्रदेश १ ले जितेको निर्णय गरिएको छ।’

प्रदेश १ ले आफूविरुद्ध गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नियम विपरित नेपालमै रहेका खेलाडीलाई खेलाउन लागेकोमा विरोध जनाएको थियो । खेलपछि प्रोटेस्ट हाल्न पाउने गरि खेल्न आयोजकले आग्रह गरेपछि प्रदेश १ खेल्न राजी भएको थियो । प्राविधिक समितिले उजुरी परेको दुई दिनमा उजुरी उपर कारवाही गरेको छ ।

८ मध्ये अधिकाशं प्रदेश १ कै खेलाडी हुन् । खेलाडीले प्रदेशले आफूहरुलाई वास्ता नगरेको र प्रदेशले भने खेलाडी छनोटमा सहभागी नभएको दाबी गर्दै आएका छन् ।

यो पनि : फुटबलरका पीडा – प्रदेशले टोलीमा राखेन, एनआरएनएबाट खेल्न नियमले मिल्दैन

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.