default_image

3 years ago

October 15, 2022

प्रोटेस्ट हालेको प्रदेश १ बाहिरिने संघारमा

188 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फ प्रदेश १ समूह चरणमै बाहिरिने सम्भावना बढेको छ ।

पोखरा रंगशालामा शनिबार गण्डकीले प्रदेश १ विरुद्ध पहिलो हाफमा लिएको २-० को अग्रता जोगाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनायो । गण्डकीको जितमा कमल थापा र जय गुरुङले १-१ गोल गरे । तेस्रो मिनेटमै जयले गण्डकीलाई १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलको शक्तिशाली प्रहारलाई प्रदेश १ का गोलरक्षक किशोर गिरीले बचाउन सकेनन् ।

समूह ए तर्फ यसअघि पहिलो खेलमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रदेश १ लाई २-० ले पराजित गरेको थियो । तर प्रदेश १ ले प्रोटेस्ट हालेपछि आयोजकले एनआरएनएका ८ खेलाडीलाई अयोग्य सावित गर्दै नतिजा प्रदेश १ लाई सुम्पियो । आजको खेलमा जित हासिल गरेको भए प्रदेश १ सेमिफाइनलमा प्रवेश गर्ने थियो ।

अब गण्डकी र एनआरएनएको खेलको नतिजाले समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको छिनोफानो हुनेछ । ८ खेलाडी प्रोटेस्ट लागेपछि एनआरएनएले आज पत्रकार सम्मेलन गर्दै असन्तुष्टि पनि व्यक्त गरेको थियो । अब एनआरएनएले अन्तिम खेलमा गण्डकीसँग खेल्ने सम्भावना न्यून छ । खेलाडी अपुग हुने देखिएको र अन्य खेलाडीमाथि पनि प्रोटेस्ट लाग्ने अवस्था रहेकाले एनआरएनए अनुपस्थित हुने सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस :

८ खेलाडीविरुद्धको प्रोटेष्ट सदर, बाँकी खेल खेल्न नपाउने

फुटबलरका पीडा – प्रदेशले टोलीमा राखेन, एनआरएनएबाट खेल्न नियमले मिल्दैन

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.