2 years ago
November 12, 2022
एजेन्सी – इभान टोनीले दुई गोल गरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफर्डसँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा ब्रेन्टफर्डसँग २–१ ले स्तब्ध बनेको हो ।
इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली सिटीका फिल फोडेनले गोल गरेपनि हार टार्न सकेन । खेलको १६औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफर्डलाई १–० को अग्रता दिलाए । उनले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । उनले म्यानुएल एकान्जीको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि दोस्रो हाफमा इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा इभान टोनीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई घरेलु मैदानमा २–१ ले स्तब्ध पारे ।
सिटीको यो हारले शीर्षस्थानमा रहेको आर्सनललाई थप फाइदा भएको छ । यो सिजन प्रिमियर लिगमा दोस्रो हार बेहोरेको सिटीको १४ खेलबाट ३२ अंक रहेको छ । आर्सनलको १३ खेलबाट ३४ अंक छ । सिटीलाई हराएको ब्रेन्टफर्ड १९ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]