default_image

3 years ago

November 20, 2022

विश्वकपसँग जोडिएको हुनसक्छ मेस्सी र रोनाल्डोको भाइरल तस्वीर

349 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पूर्वसन्ध्यामा सामाजिक संजालभर एक तस्वीरले खुब चर्चा पायो । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीले विश्व प्रसिद्ध लुइ भुटोंका लागि खिचेको तस्वीरले फुटबल प्रेमीमाझ स्थान पायो ।

प्रसिद्ध फोटोग्राफर एनी लेबोभिट्जले खिचेको यो तस्वीर रोनाल्डो र मेस्सी एकसाथ खिचिएको भने होइन । दुई फरक फोटोसुट गरेर एक बनाइएको तस्वीरमा रोनाल्डो र मेस्सी चेस खेलिरहेका देखिन्छन् । लुइ भुटोंले विश्वकपकै पूर्वसन्ध्यामा तस्वीर सार्वजनिक गर्नुले यसको विशेष सन्देश रहेको आँकलन गर्न सकिन्छ ।

रोनाल्डो र मेस्सीले चेस खेलिरहेको तस्वीरमा चेस बोर्ड प्रयोग गरिएको छैन । यी दुईले ब्रिफकेसमा चेस खेलिरहेका छन् । र यस्तै ब्रिफकेस सन् २०१८ मा विश्वकप ट्रफी सार्वजनिक गर्न प्रयोग गरिएको थियो ।

सांकेतिक रुपमा रोनाल्डो र मेस्सीले लुइ भुटोको ब्रिफेसमाथि चेस खेलेको तस्वीर विश्वकप उपाधिका लागि दुईको भिडन्त हुनसक्ने पक्षलाई लिएर पनि हेर्न सकिन्छ । यदि पोर्चुगल र अर्जेन्टिना समूह विजेता बन्दै अघि बढेको अवस्थामा यी दुई फाइनलमा आमने सामने हुन सक्छन् ।

अर्जेन्टिना विश्वकपको समूह सी मा साउदी अरब, मेक्सिको र पोल्यान्डसँग रहेको छ । यता पोर्चुगल ग्रुप अफ डेथ मानिएको उरुग्वे, दक्षिण कोरिया र घानासँग समूह एच मा छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.