एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो क्वाटरफाइनलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे हुनेछ दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।लुइस भान गालको टोलीले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियनले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का गरेको हो ।
कोडी गाक्पो, डेन्जेल डम्फ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्ड अर्जेन्टिनाविरुद्ध मुख्य हतियार हुनेछन् । यता, सात पटकको बालोन डि ओर विजेता लियोनेल मेस्सी निकै उच्च लयमा रहेको छ । दुई हेवीवेको भिडन्तमा कसले बाजी मार्ने त्यो हेर्न बाँकी छ ।
तीन पटकको उपविजेता नेदरल्यान्ड्स पछिल्लो दुई विश्वकपमा फाइनल र सेमिफाइनलमा पुगेको छ । नेदरल्यान्ड्स सन् २०१० मा दोस्रो हुँदा २०१४ मा तेस्रो भएको थियो । नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।
सन् २०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएका थिए । त्यो हार एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँग थियो । अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध आफ्नो पछिल्लो तीन खेलमा गोल गर्न सकेका छैनन् ।
जसमा एकमा हार र दुईमा गोलरहित बराबरी छ । यि दुई टोली हालसम्म ९ पटक भिडेका छन् । जसमा नेदरल्यान्ड्स ४ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिदा ३ खेल अर्जेन्टिनाले जितेको छ ।
यि दुई टोलीले पछिल्लोपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकालेको फाइनलमा पुगेको थियो ।