default_image

3 years ago

December 13, 2022

अर्जेन्टिना ४ डिफेन्डरमा फर्कियो, क्रोएसिया जस्ताको तस्तै

188 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । खेलका लागि दुवै टोलीले सुरुवाती ११ घोषणा गरेका छन् ।

अर्जेन्टिनाले पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । नेदरल्यान्ड्सविरुद्ध ५ डिफेन्डर उतारेको टोली पुन: ४ डिफेन्डरको रणनीतिमा फर्किएको छ । सेन्टर डिफेन्डर लिसान्द्रो मार्टिनेजको स्थानमा मिडफिल्डर लिआन्द्रो पारेडेस टोलीमा आएका छन् । यस्तै निलम्बनमा रहेका मार्कस अकुनाको स्थान निकोलस टाग्लीयाफिकोले लिएका छन् ।

अर्जेन्टिना प्लेइङ ११ :

एमिलियानो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, निकोलस टाग्लीयाफिको, नाहेल मोलिना, रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज, लिओनेल मेस्सी

क्रोएसिया प्लेइङ ११ :

डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, जोस्को भार्दिओल, बोरना सोसा, जोसिप जुरानोभिच, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रीच (कप्तान), मारियो पासालीच, इभान पेरिसिच, आन्द्रे क्रामारिच

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.