3 years ago
December 14, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा साविककाे उपविजेता क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि अर्जेन्टिना फाइनलमा पुगेको छ ।

यस खेलको दृश्यमा युवा फरवार्ड जुलियन अल्भारेज आए । उनी अर्जेन्टिनाले गरेको तीनै गोलमा संलग्न रहे । पहिलो गोलमा पेनाल्टी जितेका उनले त्यसपछि दुई सानदार गोल गरे । यि २२ वर्षीय अल्भारेजको यस विश्वकपमा त्यो तेस्रो र चौथो गोल बन्यो ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीमा सुरुवाती रोजाईमा मौका नपाएपनि उनले कतार विश्वकपमा लगातार पहिलो रोजाईमा खेल्दै सनसनी मच्चाइरहेका छन् । उनले लोउटारो मार्टिनेजलाई मौका नै दिइरहेका छैनन् । उनले रन र ड्रिबल गर्दै क्रोएसियाली डिफेन्सलाई सहजै चिर्न सफल भए ।

उनी कप्तान लियोनेल मेस्सीको परफेक्ट पार्टनर बनेका छन् । अर्जेन्टनाले यस विश्वकपमा १२ गाेल गर्दा यि दुई मेस्सी र अल्भारेजले ९ गाेल तथा ४ असिस्ट दिएका छन् ।
उनको रियल म्यड्रिड इतिहास
म्याड्रिडिस्टा इतिहासमा जुलियन राम्रोसँग परिचित छ । उनी ११ वर्षको रियल म्याड्रिडको एकेडेमीमा आएका थिए । त्यहाँ उनले एक महिना बिताए । यो २०११ मा थियो । त्यहाँ उनले धेरै जुनियर प्रतियोगिता खेले । जसमध्ये एक प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ता बने । उनले यहाँ खेल्नुमा यत्ति फरक भयो कि तिनीहरू सबै ठाउँबाट उनलाई भेट्न आए ।’ उनको एक नजिकका साथीले सम्झिए ।

उनी विपक्षीमाथि सहजै हावी हुन सक्छन् । पेनाल्टी क्षेत्रमा एक्लै पुगेर दवावको स्थिति आउन सक्छन् । केही वर्ष सम्म, रियल म्याड्रिडले उनलाई स्थायी रूपमा अनुबन्ध गर्न सकेन । र उनको सम्पूर्ण परिवार नै अर्जेन्टिना फर्कन बाध्य बन्यो । त्यसपछि उनले एट्लेटिको काल्चिन हुँदै लिभर प्लेटबाट आफ्नो प्रतिभालाई निखारे । कतारमा, उनले आफ्नो स्तर पुष्टि गरेका छन् ।
लियोको विश्वकप
करिअरको उत्तरार्धमा रहेको कप्तान लियोनेल मेस्सी यस विश्वकपमा उच्च लयमा छ । उनले यस विश्वकपमा ५ गोलसँगै ३ असिस्ट दिएर सर्वाधिक गोलकर्ताको सुचीमा फ्रान्सका केलियन एमबाप्पेसँगै संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । मेस्सी विश्वकपमा सर्वाधिक गोल (११) गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । उनले यसै विश्वकपमा डिएगो म्याराडोना र गिलेर्माेको ८ गोल तथा ग्याब्रियल बाटिस्टुटाको १० गोलको कीर्तिमानलाई तोडे ।

यस्तै उनले पुरुष विश्वकपमा जर्मनीका लोथर म्याथ्युजसँगको सर्वाधिक २५ खेलको कीर्तिमानलाई बराबरी खेलेका छन् । अब उनले फ्रान्स या मोरक्कोसँग हुने फाइनल खेलपछि उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । यसपटक विश्वकपको च्याम्पियन बनेमा मेस्सीले म्याराडोनासँगै उभिनेछ ।
स्कालोनी बौद्धिक प्रशिक्षक
लियोनेल स्कालोनी युवा र बौद्धिक प्रशिक्षक हुन् । यिनै बौद्धिक प्रशिक्षक स्कालोनीले कठिन परिस्थितिमा राष्ट्रिय टोलीको जिम्मेवारी लिए । धेरैले उनलाई विश्वास गरेनन् । तर, उनले आफ्नो काम देखाएर प्रमाणित गरिसकेका छन् । कोपा अमेरिका कप जिताएका उनले अर्जेन्टिनालाई फाइनलमा पु¥याएका छन् ।
लिभाकोभिचको फरक रात
२७ वर्षीय क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच विश्वकपका पाँच खेलमा तीन गोल मात्रै खाएर सेमिफाइनलमा पुगेका थिए । एकै खेलमा दुई गोल खाएका थिएनन् । तर अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा उनले तीन गोल खाए ।
आफ्नै गल्तीमा उनले अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरे । जुलियन अल्भारेको प्रहारपछि आफ्नो गति नियन्त्रणमा लिन नसकेपछि उनले फउल गरेको देखिएको थियो । त्यही पेनाल्टीले उनी दवावमा देखिए । त्यसपछि थप दुई खान पुग्यो ।
र डिबालाले खेले
पाउलो डिबाला एक स्टार हुन् । लियोनेल स्कालोनीले टोली सहज स्थितिमा पुगेपछि उनलाई केही मिनेट दिए । उनले अल्भारेजकै स्थानमा ७४औं मिनेटमा डिबालालाई मैदानमा छिराए ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]