default_image

3 years ago

December 14, 2022

हाकिम जिएच : सन्न्यासबाट फर्केर विश्वकप सेमिफाइनलमा

366 views

0 Bookmark

एजेन्सी – हाकिम जिएचका लागि पछिल्लो केहि वर्ष सहज रहेको छैन । आयाक्सबाट चेल्सी आएका उनले राष्ट्रिय टोलीबाट पनि सन्न्यास लिने अवस्था थियो । तत्कालिन प्रशिक्षकसँग राम्रो सम्बन्ध नरहेपछि उनले राष्ट्रिय टोलीबाट बिदा लिएका थिए ।

सन् २०१९ को अफ्रिका कप अफ नेसन्स (एफ्कन) मा मोरक्को राउन्ड अफ १६ मा बाहिरियो । निकै कमजोर मानिएको बेनिनविरुद्ध टोली हार बेहोर्न पुगेको थियो । जिएचले अतिरिक्त समयमा पेनाल्टीमा गोल गर्न नसक्दा मोरक्को बाहिरिन पुगेको थियो ।

सन् २०२१ को एफ्कनअघि प्रशिक्षक वाहिद हालिलोजिचले सार्वजनिक रुपमा नै आलोचना गर्दै जिएचलाई टोलीबाट बाहिर राखे । प्रशिक्षकका अनुसार जिएचले मिहिनेत गर्न नमानेको आरोप थियो । जिएचले उक्त कदमको विरोध गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरे ।

तर अगस्ट २०२२ मा प्रशिक्षक हालिलोजिच बर्खास्तमा परे । मोरक्कोको घरेलु लिग र अफ्रिकन च्याम्पियन्स लिगमा वाइदाद एथ्लेटिक क्लबलाई उपाधि दिलाएका वालिद रेग्रागुइ प्रशिक्षकमा नियुक्त भए । रेग्रागुइले आफू नियुक्त हुनेबितिक्कै आफ्नो योजनामा रहेका सबै खेलाडीलाई सम्पर्क गरे । जिएचलाई व्यक्तिगत भेट गर्दै उनले सन्न्यास फिर्ता लिन आग्रह गरे ।

रेग्रागुइले आफ्नो टोलीमा रहेका सबै खेलाडीलाई विश्वकपमा तीन खेल मात्र होइन, लामो यात्राका लागि तयार रहन भनेका थिए । जिएचको हकमा पनि यस्तै गरेको उनले बताए । ‘जिएचको अघिल्ला प्रशिक्षकसँग सम्बन्ध राम्रो थिएन । तर खेलाडीको रुपमा उनी उत्कृष्ट क्षमताका खेलाडी हुन् । उनी युरोपमा निरन्तर राम्रो खेलिरहेका थिए । त्यसैले उनलाई टोलीमा समावेश गर्न मैले धेरै सोच्नुपर्ने थिएन । उनलाई मानसिक रुपमा तयार पार्नु मेरो जिम्मेवारी थियो,’ रेग्रागुइले भनेका थिए ।

फलस्वरूप जिएचले मोरक्कोको सेमिफाइनल यात्रासम्म आइपुग्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विशेषगरी बेल्जियमविरुद्ध जितमा उनले टोलीको आक्रमणमा बलियो प्रदर्शन गरेका थिए । मोरक्को फाइनल पुग्ने लक्ष्यमा रहंदा आक्रमणमा जिएच नै मुख्य पात्र हुनेछन् ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.