default_image

3 years ago

December 14, 2022

फ्रान्सविरुद्ध मोरक्कोले ५ डिफेन्डर खेलाउँदै

195 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दोस्रो सेमिफाइनलमा मोरक्कोले साविक विजेता फ्रान्सविरुद्ध ५ डिफेन्डर खेलाउने भएको छ । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

फ्रान्सले इंग्ल्यान्डलाई हराएको खेलबाट टोलीमा दुई परिवर्तन गर्दा मोरक्कोले दुई डिफेन्डर भित्र्याएको छ । चोटका कारण पछिल्लो खेल गुमाएका बायर्न म्युनिखका नुसेर माजरोइ र वेस्ट ह्यामका नाएफ अगुएर्ड मोराक्कोको टोलीमा आएका छन् । मिडफिल्डर सलिम अमाल्लाह र डिफेन्डर याह्या अतिआत-अल्लाह बेन्चमा पुगेका छन् ।

यता फ्रान्सका मिडफिल्डर एड्रिएन राबिओट टोलीमा नै छैनन् । उनको स्थानमा युसुफ फोफाना खेल्दैछन् । त्यस्तै डिफेन्डर डायोट उपामेकानो बेन्चमा पुग्दा लिभरपुलका इब्राहिमा कोनाटे सुरुवाती रोजाइमा खेल्दैछन् ।

फ्रान्सको सुरुवाती ११ :

ह्युगो लोरिस, राफाएल भारान, जुल्स कुन्डे, थिओ हर्नान्डेज, इब्राहिमा कोनाटे, युसुफ फोफाना, ओरेलिएन चुआमेनी, एन्टोइन ग्रिजमन, ओस्मान डेम्बेले, किलीयन एमबाप्पे, ओलिभिएर जिरुड

मोरक्को सुरुवाती ११ :

यासिन बोनो, अक्रफ हाकिमी, नुसेर माजारोइ, नाएफ अगुएर्ड, जवाद एल यामिक, रोमन साइस, सोफ्यान अम्राबाट, एजेदीन ओनाही, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.