3 years ago
December 15, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आइतबार अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल हुँदैछ । तर फाइनल खेल सम्पन्न हुनुअघि नै युरोपका पाँच क्लबमा विश्वकप विजेता खेलाडी रहने पक्का भएको छ ।

फ्रान्स र अर्जेन्टिना दुवै राष्ट्रमा रहेका खेलाडी युरोपको शीर्ष डिभिजन लिग खेल्दै आएका छन् । यसपटक २६ सदस्यीय टोली हुँदा त्यो संख्या विगतभन्दा बढ्दो छ । अझ यसपटक फाइनल खेल नहुँदै पाँच क्लबले विश्वकप विजेता खेलाडी प्रतिनिधित्व गर्ने पक्का भइसकेको छ । कारण दुवै राष्ट्रमा उक्त क्लबका कम्तिमा एक खेलाडी छन् ।
पेरिस सेन्ट जर्मेन (फ्रान्स) – पिएसजीबाट यसपटक दुई खेलाडीले विश्वकप फाइनल खेल्दैछन् । अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले फाइनलमा विश्वकप उपाधि मात्र नभएर गोल्डेन बुटका लागि पनि प्रतिस्पर्धा गर्नेछन् । हाल समान ५-५ गोल भएपनि असिस्टको आधारमा मेस्सी अघि छन् ।

टोटेनहम हट्सपर (इंग्ल्यान्ड) – टोटेनहमबाट पनि दुई खेलाडी नै फाइनलमा एक आपसमा भिड्दैछन् । क्लबको समेत नेतृत्व गरिरहेका फ्रान्सका कप्तान ह्युगो लोरिस दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छन् । त्यस्तै अर्जेन्टिनी डिफेन्डर क्रिस्टियन रोमेरो यसपटक आफ्नो क्लब कप्तानलाई असफल पार्ने प्रयासमा हुनेछन् ।
म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड) : युनाइटेडका लागि पछिल्लो समय डिफेन्स सम्हालिरहेका दुवै सेन्टर डिफेन्डर यसपटक विश्वकप फाइनलमा आमने-सामने हुनेछन् । फ्रान्सका राफाएल भारान र अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमध्य एक क्यारिंगटन फर्कंदा विश्वकप विजेता हुनेछन् ।

एटलेटिको म्याड्रिड : फ्रान्सका एन्टोइन ग्रिज्मन र अर्जेन्टिनाका रोड्रीगो डे पल दुवै मिडफिल्डमा जमेका छन् ।
युभेन्टस : अर्जेन्टिनी विंगर एन्जल डी मारिया र फ्रान्सका मिडफिल्डर एड्रिएन राबीओट मध्य एक टुरिन फर्कंदा विश्वकप विजेता बन्नेछन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]